तुरतुरेको पहिरोले तुरुक्कै रुवायो …..यस्तो छ, बुर्तिवाङ पुग्ने बैकल्पिक पदमार्ग !

दिनेश शर्मा, बागलुङ (भिङगिठे) २०७५ असोज २ । तुरतुरेमा गएको पहिरोमा परी सोमबार एक महिलाको मृत्यु भएपछी सो बाटोबाट आवत जावत गर्न बन्द गरिएको छ । सर्व साधारणहरु यतिबेला भिङगाड बजार देखी १५ मिनेट हिँडेर दोबाटा चोक हुँदै बडीगाड खोलाको कालीरहमा रहेको झोलुंगे पुल तरेर मालारानीको जंगल हुँदै ढोरपाटन नगरपालिकाको सिमलचौरको बस्तीमा पुगेर तल बडीगाड खोलामा झरेपछी त्यहाँ रहेको झोलुंगे पुल तरेर खल्तुबोट मध्यपहाडी लोकमार्गमा पुग्छन् । खल्तुबोटबाट सवारी साधनमा १० मिनेटमा बुर्तिवाङ पुग्न सकिन्छ । यसैबाटो गरी बुर्तिवाङ बजारदेखीे साढे २ घण्टाको कष्टकर यात्रागरी भिङगिठ आउनु पर्ने बाध्यता रहेको छ । तुरतुरेको पहिरोले तुरुक्कै रुवाएको यस भेगका आम नागरिकको अनुभव छ ।

भिङगिठेबाट बडीगाड खोला कालीरहको पुल तरेर मालरानीको जंगल हुँदै सिमलचौरको बस्ती भएर खल्तुबोट पुग्ने पदमार्ग ।
सोमवार राति बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रसुतीका लागि रिफर गरिएका ढोरपाटन नगरपालिका ६ अधिकारीचौरका दुई जना महिलाहरुलाई खल्तुबोट देखी भिङगिठे सम्म स्टे«चरमा राखेर ल्याउदा ३ घण्टा भन्दा बढी समय लागेको र मालरानीको जंगलको बाटो एकदमै साँघुरो रहेकोले ती दुई महिला बिरामीहरुलाई भिङगिठे सम्म ल्याई पुयाउन निकै हम्मे हम्मे भएको उनीहरुलाई लिएर आउनेहरुले बताए ।

आवत जावतको समस्याले मालसामान ढुवानी देखी दैनिक उपभोग्य बस्तुहरुको जोहोगर्नपनि समस्या परेको छ आम जनतालाई । पाँच दिन देखी सास्ती खेपिरहेका छन यस निसीभूजी क्षेत्रका हजारौ जनताले । पहिरोले देविस्थान खानेपानी योजना तहसनहस बनाएपछी भिङगिठेका हजारौँ बासिन्दालाई पानीको चरम समस्या छ । बेलाबेलमा पहिरो झरिरहेकाले कुनैपनि समय अर्को अनहोनि नहोला भन्ने छैन भन्दैछन पहिरो आसपासका जनता ।

बडीगाड खोला साबिककै सााईजमा ओभरफ्ल्यो भएर बगेपनि तुरतुरेको पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानीको सतह घटेको छैन । मध्यपहाडी लोकमार्गको तुरतुरे खण्ड सुचारु गराउन केहिदिन लाग्ने निश्चित छ । तालको पानीको सुरक्षित निकास र लोकमार्गको मरमत सँभार अहिलेको टड्कारो समस्या बनेको छ ।

यिनै समस्याहरुको समाधानका लागि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेपाली सेनाका सेनानी बलबहादुर थापाको कमाण्डमा ११ सदस्यीय ईन्जिनियरिङ टीम तथा मध्यपहाडी लोकमार्गका प्रमुख डिभिजन ईन्जिनियर रमेश दृष्टि सहित आउने खबरका साथ सरोकारवालाहरुको जमघट शुरु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *