छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएर नेपालीटोली स्वदेश फिर्ता

सुमन सुनार, बुर्तिबाङ २०७५ असोज २ । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा भाग लिन चीन पुगेको नेपाली टोली सोमबार नेपाल फर्केको छ ।

नेपाल सिएचआइटिएफका बागलुङ जिल्ला अध्यक्ष सहविन अर्गेजाको नेतृत्वमा ४ सदस्यीय टोली चीनको संघाई पुगेको थियो । छानहुन अन्तराष्ट्रिय तेक्वान्डो महासंघ अन्तराष्ट्रिय सेमिनारमा अरु विभिन्न देशबाट प्रतिनिधित्व भएको उक्त अन्तराष्ट्रिय सेमिनारमा नेपालका तर्फबाट स्थानीय जनप्रतिनिधिका रुपमा निसीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, व्यवसायी दीपक कुमार अदै र सिएचआइटिएफ प्रशिक्षक यामबहादुर रसाइली त्यहाँ पुगेका हुन् ।

तीन दिवसीय प्रशिक्षण कार्यक्रममा क्यानडाका सिनिएर ग्राण्ड मास्टर थाप्लुले तेक्वान्दोको विकास, संस्थागत योजना र नेतृत्व विकासका विषयमा प्रशिक्षण गर्नुभएको नेतृत्व टोलीका संयोजक अर्गेजाले जानकारी दिए । चीनको संघाइमा सम्पन्न अन्तराष्ट्रिय प्रशिक्षणमा सहभागी टोलीलाई सोमबारनै नेपाल सिएचआएटिएफ तेक्वान्डोका केन्द्रिय अध्यक्ष कु्शल बुढा मगरले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *