प्रजिअ खरेल नेतृत्वको टोली पहिरो निरीक्षणका लागि भिङगिठे प्रस्थान !

गल्कोट २०७५ असोज २ । गत भदौ २९ गते राति तुरतुरे देउरालीमा गएको पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी खोल्ने, पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु गर्ने तथा यात्रुहरुकालागि बैकल्पिक मार्ग पहिल्याउने सम्वन्धमा अध्ययन अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलल नेतृत्वको टोली गल्कोट हटिया आई पुगेको छ ।

टोलीमा नेपाली सेनाको पश्चिमान्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापाको कमाण्डमा ११ जनाको ईन्जिनियरिङ टोली तथा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका डिभिजन ईन्जिनियर रमेश दृष्टि समेत रहेका छन् ।

प्रजिअ खरेलका अनुसार सेनाको ईन्जिनियरिङ टोलीले तालको पानी खोल्ने सम्वन्धमा अध्ययन गरीे पानीको निकास खोजिने तथा लोकमार्ग जतिसक्यो छिटो सन्चालनमा ल्याउने र आम नागरिकको सुविधाका लागि बैकल्पिक माग पहिचान गर्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *