पानीको वहाव सामान्य हुँदै गएपछी स्थानीयवासी ‘जलत्रास’ मुक्त : लोकमार्ग अझै अबरुद्ध !

कमल पौडेल, बागलुङ खर्वाङ २०७३ फागुन २३ । आईतवार विहान सबेरै रिघा गाविसको मनेवापाटामा गएको सुख्खा पहिरोले दरम खोला थुनिएर बनेको तालबाट हिँजो आईतवार देखिनै ओभर प्mलो भएर पानी बग्न थालेपछी स्थानीयवासीले राहत महसूस गरेका छन् । पहिरोले दरमखोला थुनिएर बनेको तालको पानीको सतह करीब १ मिटर घटेको अवस्था छ । पानीको ताल एक्कैचोटी फुट्ने सभावना न्यून रहेकाले स्थानीयवासीमा जलत्रास देखिदैन ।

यसैवीच पहिरोबाट अवरुद्ध मध्य पहाडी लोकमार्ग सन्चालनमा आउन सकेको छैन । बुर्तिवाङ देखी बागलुङ काठमाडौँ चल्ने र भित्रिने ठुला सवारी साधनहरु लोकमार्ग मै रोकिएका छन् । साना सवारी साधानहरु भने रिघाको ग्रामिण सडक तथा गुल्मी अर्लाङकोट वामी हुँदै खर्वाङ पुग्ने बैकल्पिक मार्ग प्रयोग गरेर गन्तव्य तर्फ जाने आउने गरेका छन् ।

सडक डिभिजन, लोकमार्ग स्तरोन्नतिको निर्माण कार्य गर्दैै आएको शंकर माली कन्स्ट्रक्सन कम्पनि र दरम खोला हाईड्रो पावर कम्पनिवीच सडक मरमत गरी सन्चालनमा ल्याउने सहमति भएको छ । पानीको बहाव सँगै वामीका दुई जलविद्यूत आयाजना सुचारु भएका छन भने केन्द्रिय प्रसारण लाईन भने अवरुद्ध नै छ ।

पहिराेले अबरुद्ध मध्यपहाडी लाेकमार्ग खुलाउनकाे लागि स्काभेटरकाे प्रयाेग सुरु गरिएकाे छ। सडक विभाग, शंकर माली कन्स्ट्रक्सन र दरमखाेला हाईड्राे विच समझदारी पछि सडक खुलाउन काम सुरु गरिएको हाे भने थुनियकाे दरमखाेलामा पानीको बहाव नियमित भएकाे छ यद्यपि तालभने रहिरहने भएकाे छ।

सुख्खा पहिरो गएको मनेवापाटामा लोकमार्ग स्तरोन्नतिको काममा जथाभावी डोजरहरु प्रयोग गरिएको र त्यसैको कुनापट्टिबाट दरम खोला हाईड्रो पावरले कुलो खनिरहेकाले भूस्खलन हुन गएको स्थानीयवासीको ठहर छ । त्यसकारण स्थानीयवासी भूस्खलनको कारक यिनै दुई निर्माण कम्पनि भएकोे बताउदै आएका छन् । भूवनावटको परीक्षण अध्ययन नगरी मोटरबाटो खन्ने गर्दा ग्रामिण भागहरुमा पहिरो जाने समस्याहरु देखिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.