पहिरोमा पुरिएर ज्यान गुमाएकी खातुनका परिवारलाई राहत हस्तान्तरण

झरना कँडेल बुर्तिवाङ २०७५ असोज १ । केहि समय पहिले तुरतुरेको पहिरोमा परी अर्घाखाँची छत्रदेव गाउपालिका स्थायी घर भै बुर्तिवाङ बजारमा फेन्सी पसल खोलेर व्यापार व्यवसाय गर्दै आएकी विविरण खातुनको मृत्युको घटना पश्चात तत्कालै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र बडीगाड गाउपालिकाका अध्यक्ष मेहर सिँह पाईजाको बैठक बसी मृतकका परिवारलाई नगरपालिका र गाउपालिका बाट २५।२५ हजार रुपयाँ राहत रकम दिने निर्णयगरी हस्तान्तरण गरिएको छ । यस बाहेक नगरप्रमुख नेपाली आफ्नो व्यक्तिगत तर्फबाट मृतकका पतिलाई रु १० हजार समेत प्रदान गरेका छन् ।

बैठकमा नगरप्रमुख नेपाली र अध्यक्ष पार्इँजा, ढोनपाकी उप प्रमुख करमती पुन, एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा, ढोनपाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादव, उद्योग वाणिज्य संघ बुर्तिवाङका अध्यक्ष चिन्तामणी शर्मा, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अहिले टोली बैकल्पिक मार्गको लागी तारिखेत, राजकुत, दर्लिङ हुँदै भिङगिठे छिसफाँटको अध्ययनका लागि गएको छ ।

मृतक मियाका परिवारद्धारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमार्टम पछि दाहासंस्कारका लागि आफनै गांउ अर्घाखाँचिको छत्रदेव गांउपालिका चिदिका लगिएको मृतकका श्रीमान आयुव मियाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *