आजको तस्वीर : ज्यान हत्केलामा राखेर पहिरो वारपार !

शव्द/चित्र : दिनेश शर्मा

बागलुङ २०७५ असोज १ । तुरतुरेको पहिरो पार गरेर गन्तव्यमा पुग्न यात्रुहरुलाई निकै सास्ती छ । मरे मरिएला भनेर दर्जनौ यात्रुहरु पहिरो वारपार गरिरहेका छन् । पहिरो बाटै वारपार नगरेरनि के गर्नु ? अर्को बिकल्प छैन । यो हरफकार पनि काम विशेषले बुर्तिवाङ नगै नहुने भएकोले अन्य यात्रुहरुको अनुशरण गर्दै पहिरो पार गरिरहँदा थुप्रैको संख्यामा मानिसहरु पहिरो वारपार गर्दै थिए ।

बुर्तिवाङ देखी उपचार गर्न बिरामी परेकाहरु बोकाएर आईरहेका थिए भने बृद्धबृद्धाहरु लौरो टेकेर पहिरोमा हिँडिरहेका थिए । कसैले मालसमान ओसार पसार गर्दै थिए । मैले तस्वीरहरु खिची रहेको थिएँ । यस्तैमा एउटा ढुंगाको टुक्रा खसेर मेरो माबाईलको स्क्रिनमा लाग्दा स्क्रिन फुटेपछी म मोबाईल हेर्दै थिएँ, मेरै अगाडीबाट भिङगिठे तिर जाँदै गरेकी एक .महिलालाई अजङको ढुंगाले थिचेको आफ्नै आँखाले देख्दा अतिनै नमीठो पीडानुभुति भयो । माथीबाट ढुंगा खसीरहेको देखे पछी ती महिलाका श्रीमान र छोरा चाँडो चाँडो पाईला चालेर अगाडी बढे तर ती महिला दौडिन नसके पछी ढुंगाले थिच्यो । र अहिले यस हृदयविदारक घटना पछी पहिरो पार गर्न पूर्णरुपमा बन्द गरिएको अवस्था छ । यात्रुहरु मालरानीको बाटो भएर घुमेर आवत जावत गर्न बाध्य भएका छन् ।

पहिरो वारपार गरिरहँदा मैले खिचेका भिडियो र तस्वीरहरु यहाँ प्रस्तुत गरेको छु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *