भारतको तान्डामा दुई नेपाली स्कुटी दुर्घटना परी गम्भीर घाइते

कुमबिर बिश्वकर्मा, भारत ०७५ असोज ०१ । बागलुङ जिल्ला निसीखोला गाउँपालिका वडा नम्बर ५ ,निसीढोरका अन्दाजी बर्ष ३५ का ज्ञान बहादुर बिश्वकर्मा र सोहि गाउका अन्दाजी बर्ष २४ का राजु बिश्वकर्माको स्कुटी दुर्घटना परी बिहान ८ बजे तिर भारतको तान्डामा स्कुटी स्पिडमा नियन्त्रण गर्न नसकी गम्भीर घाइटते भएको उनको आफन्त जितेन्द्र सुनारले बताए । अहिले उपचारको लागि भारतको तान्डा स्थित सिभिल हस्पिटलमा लगेर उपचार गरि रहेको बताइएको छ । स्कुटी चालकले स्कुटी कभर गर्न नसक्दा एक्कासि स्कुटी पल्टिएर दुर्घटना भएको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *