तुरतुरेको पहिरोमा परेर एक जना महिलाको मृत्यु !

दिनेश शर्मा, वागलुङ (भिङगिठे) २०७५ असोज १ । तुरतुरेको पहिरोमा पुरिएर केहि समय अघी एक जना महिलाको मृत्यु भएको छ । बुर्तिवाङमा फेन्सी पसल गरी बस्ने अर्घाखाँची स्थायी घर भएकी वर्ष ४० की विविरण खातुन् पहिरोहुँदै भिङगिठे तर्फ आउदै गर्दा अकस्मात माथीबाट ढुंगा खसेर उनलााई पुरेको थियो । उनको अघिअघि रहेका उनका श्रीमान अयुव मियाँ भने पहिरोबाट बच्न सफल भएका छन् ।

स्थानीयका अनुसार अरु पैदलमार्गीहरुपनि पहिरोमा परेकी भनेर खोजविन हुँदै गरैको प्रत्यक्षदशृिले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी पुगी सकेको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

स्मरणीयछ, गत शुक्रबार राति ११ बजेको समयमा गएको सो भीषण पहिरो पन्छाउन समय लाग्ने र तत्काल सुरक्षित बैकल्पिक पैदल मार्ग बनाउन बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा गाउपालिका ५, ६ र ७ वडाहरुका अध्यक्षहरुको टिमका साथ हिँजो पहिरोमा पुगेका थिए । टोली हिँजो पहिरो भएरै बाटो क्रस गरेको थियो भने आज सोही बाटो बनाउन अध्यक्ष पाईज सहितको टोली ज्यावलहरु सहित पहिरोमा पुगेको अवस्थामा यो दु:खद घटना भएको थियो ।

पहिरोको खतरालाई मध्यनजर गरी पैदलमार्गको सुरक्षित बिकल्प खोज्नुपने देखिन्छ ।


तस्वीर-टीकाराम भट्टराई र राजु आचार्य बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *