त्रिरत्न ससमाजसेवा युवा क्लवको अध्यक्षमा खाती निर्वाचित !

कौरव खत्री, गुल्मी पौदी अमराई, २०७५ भदौ ३१ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईमा समाजसेवीहरुको भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले त्रिरत्न समाजसेवा युवा क्लवको विघटन गरि सुबेदार मेजर विष्णुध्वज खातीको अध्यक्षतामा ११ सदस्यीय त्रिरत्न समाजसेवा युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअमराई केन्द्रटोलको गठन गरिएको छ ।

समितिको उपाध्यक्ष अनिता राना, सचिव आनन्द प्रसाद श्रेष्ठ, कोषाध्यक्ष देवकला थापा, सह सचिव धन बहादुर हितान, अन्य सदस्यहरु सोम बहादुर राना, शंकर थापा, झलक बहादुर थापा, पदेन सदस्यमा वडाअध्यक्ष पूर्ण बहादुर हितान र पदेन सदस्यमै नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्राचार्य चिरिञ्जीवी थापा, पौदीअमराई चौकी इन्चार्ज समेत रहेका छन् ।

साथै सोही भेलाले भूतपर्वू जिल्ला विकास समिति सदस्य एवं बरिष्ठ समाजसेवी हरि बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा राम बहादुर राना, गंगा श्रेष्ठ रहेका छन् ।

भेला भूतपर्वू जिल्ला विकास समिति सदस्य एवं बरिष्ठ समाजसेवी हरि बहादुर थापाको अध्यक्षता रहेको भेलाको सञ्चालन भने समाजसेवी दुर्गा प्रसाद श्रेष्ठले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *