प्रगतिशील युवा परिवार काक्राखोरको सचिव पदमा निउरे नियुक्त

ताराखोला २०७५ भदौ ३१ । ताराखोला गाउँपालिका-३ हिलमा रहेको प्रगतिशील युवा परिवार काक्राखोरको बैठक सम्पन्न भएको छ । उक्त बैठकले करीब ३ महीना देखी रिक्त रहेकाे क्लबको सचिव पदमा आज सर्वसम्मत रूपमा मन्दिप निउरेलाई नियुक्ति गरेको छ ।

क्लबको सचिव पदमा नियुक्ति भए लगातै निउरेले अब क्लबलाई नंया ढंगबाट लैजाने सोच भएको उल्लेख गर्दै सम्पुर्ण साथीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

आजै क्लबमा भएको रकम सार्वजनिक गरिएको छ जसमध्य लगानी रू १ लाख ४ हजार, शोक कायक्रम गर्दा १२,५०० खर्च भएको बताइएकाे र क्लबले भैपरी खर्च भनेर १३ हजार २० रूपमा भनेर राखेको छ । आजको बैठक प्रगतिशील युवा परीवारका अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षमा सप्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *