बालकको प्रतिभा प्रष्फुटनका लागि सिर्जनशील प्रतिष्पर्धा उपयोगी : नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ३१ । गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालकको प्रतिभा प्रष्फुटनका लागि सिर्जनशील प्रतिष्पर्धा उपयोगी हुने बताएका छन् । न्यू लाइफ आवासीय मावि गल्कोट नगरपालिका वडा नम्बर ६ को आयोजनामा आज सम्पन्न नवौ निकेश चन्द्र चोखाल ( निकेश) स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख गैरेले यो विचार व्यक्त गरेका हुन् ।

उनले न्यू लाइफ आवासीय माविले संस्थागत र सामुदायिक विद्यालय विच समन्वयकारी भूमिका निर्वाह गरेकोमा प्रशंसा समेत गरे ।
कार्यक्रममा निकेश चन्द्र स्मृति कोषका संरक्षक वीर बहादुर चोखालले यस कार्यक्रमले आफूलाई उर्जा प्रदान गरेको भन्दै पत्रकारिताको यस वर्षको पारिश्रमिक रु ४० हजार अक्षय कोषमा थप गरेका थिए ।

कार्यक्रममा आयोजित अन्तर आधारभूत तह स्तरीय हाजिर जवाफ प्रतियोगितामा १८ समूह सहभागी भएकोमा आयोजक न्यू लाइफ आवासीय मावि समूह ए प्रथम, समूह बी द्वितीय, एरा मदरल्याण्ड बोर्डिङ स्कुल नरेठाँटी तृतीय, जन जागृति मा वि काडेवास, एकता आवासीय मावि हरिचौर, दुदिलाभाटी बोर्डिङ स्कुल, गलकोट मोर्डनाइज्ड एकेडेमी हरिचौर र शिव मा वि काडेवास सान्त्वना भएका छन् । अन्तरसदनात्मक लोकगीत तथा नृत्य प्रतियोगितामा कक्षा १० ए प्रथम, कक्षा ८ द्वितीय र कक्षा १० बी तृतीय भएका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता शिक्षक भूवानन्द गैरेको स्वागत र सहायक प्रिन्सिपल वीर बहादुर बोहोराको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *