Sorry, that menu does not exist.
 

देबिस्थानमा एक युवकव्दारा झुण्डिएर आत्महत्या !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन २३ । बागलुङको देबिस्थान वडा नँ १ मा सोमबार बिहान एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । देबिस्थान १ असारेडाँडा हर्पेका २९ बर्षिय बुद्ध गुरुङले विहानीपख करीब ४ बजेको समयमा आफनै घर अगाडि रुखको हाँगोमा डोरीको पासो लगाई आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

आत्महत्याका कारण भने खुल्न सकेको छैन् । मृतक गुरुङको घरमा एक श्रीमती ६ बर्षिय छोरी र डेढ बर्षिय एक छोरा रहेका छन् ।

घटना थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटना स्थलमा पुगेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply