सेभ द युथ बागलुङको सक्रियतामा मानव सेवाश्रमको शाखा सन्चालन गरिने !

बागलुङ २०७३ फागुन २३ । मकवानपुर हेटौडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले बागलुङमा पनि शाखा विस्तार गर्ने भएको छ । बागलुङ सदरमुकाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बागलुङका सडक बालबालिका, अनाथ, असाहय तथा उपेक्षामा परेका व्यक्तिको संरक्षण गर्नका लागि आश्रम सञ्चालन गरिने सेभ द युथ बागलुङका अध्यक्ष तथा मानव सेवा आश्रमका बागलुङका संयोजक मनिष रायमाझीले जानकारी दिए ।

मानवसेवा आश्रम हेडौटाका अध्यक्ष रामजी अधिकारीले मुट्ठी दानबाट आश्रमलाई सञ्चालन गरेको भन्दै विदेशी सहयोग आफुहरुले नलिएको स्पष्ट पार्दै बागलुङमा पनि विदेशी दातृसंस्थाहरुको सहयोग नलिई सञ्चालन गर्ने बताए ।

सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन संस्थाव्दारा सञ्चालनमा रहेको मानवसेवा आश्रमले हाल सम्म चितवन, ललितपुर, काठमाण्डौँ, गोरखा, लमजुङ र वीरगञ्जमा मानवसेवा आश्रम सञ्चालनमा बताउदै अधिकारीले बागलुङमा बैशाख महिना सम्ममा आश्रम सञ्चालन गरिने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाडेयले पनि बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *