यसरी खुल्यो गल्कोट बन्द ….

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ३१ । आज विहान देखी बन्द रहेको गल्कोट ३ बजे देखी खुलेको छ । स्थानीय एक कवाडी कारोबारीलाई गत शुक्रवार राति १२ जनाको समुहले निर्घात कुटपिट गरी मरणासन्न अवस्थामा जंगलमा छोडिएको विरोधमा शान्ति सुरक्षाको माग गर्दै गल्कोटका व्यापारीहरुले गल्कोट बन्दको आव्हान गरेका थिए ।

बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा गल्कोटमा क्रियाशील राजनीतिक दलहरु नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपाका प्रमुख तथा प्रतिनिधीहरुको बैठकमा गत शुक्रबार रातिको घटना र आज गल्कोट बन्दलाई लिएर भएको छलफल अनुसार घटनाको दोषीहरुलाई २४ घण्टा भित्र खोजी गरी कानूनी प्रक्रिया अघि बढाउन प्रशासनलाई दबाब दिने र यस प्रकृयालाई सबै राजनीतिक दलहरुले सहयोग गर्ने निर्णयका साथ गल्कोट बन्द फिर्ता गर्न सहमति भएपछी बन्द खुलेको हो ।
यस्तो छ विज्ञप्ती

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *