नेपाल ट्रेड युनियन काँग्रेस पार्टीको मुख्य सहयात्री हो : सभापती थापा

बागलुङ २०७५ भदौ ३१ । नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले नेपाल ट्रेड युनियन काँग्रेस पार्टिको मुख्य सहयात्री भएको बताएका छन । ट्रेडयुनिय काँग्रेस जिल्ला कार्यसमिति बागलुङमा आवद्ध संघका अध्यक्ष सहितिको बैठक र बधाई तथा सम्मान कार्यक्रममा बाल्दै सभापति थापाले ट्रेड युनियन काँग्रेस पार्टिका सवै सुवेक्षुक संस्थाहरुको साझा संगठन भएका कारण हरेक परिश्थितिमा यसले साथ दिने बताए ।

थापाले मुलुकमा दिनका दिन अराजक गतिविधि बढदै गएको हुँनाले सरकारले यसको नियन्त्रणमा कुनै चासो नदेखाएको बताए । उनले कम्युनिष्टको नेतृत्व रहेको स्थानिय तहमा केही अराजकता बढदै गएको हुँदा यस्तो गतिविधि अन्य गर्नका लागि काँग्रेसले सवै तहमा खबरदारी गर्ने बताए ।

कार्यक्रममा ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य दुर्गादत्त शर्माले काँग्रेस अब नयाँ शिराबाट अगाडि बढन जरुर रहेको बताउ । सो अवसरमा गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी, युनियनका केन्द्रिय प्रतिनिधि तथा नेपाल तरुणदलका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबु, प्रदेश प्रतिनिधि तथा शिक्षक संघका उपाध्यक्ष सिता शर्मा, महिला संघका क्षेत्रीय अध्यक्ष हुमा रिजाल लगायतले बोलेका थिए ।

हालै सम्पन्न नेपाल टे«ड युनियन काँग्रेसको केन्द्रीय अधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य दुर्गादत्त आचार्य, प्रदेश अधिवेशनबाट निर्वाचित गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी, सहसचिव हरि चालिसे, र सदस्य त्रिकला थापालाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो । त्यस्तै बैठकले बार्षिक कार्ययोजनका लागी सल्लाह सझाव संकलन र आवद्ध संघको अभिलेख अध्यावधी सम्बन्धी छलफल गरेको थियो ।

कार्यक्रम टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुरको अध्यक्षता उपाध्यक्ष सिता सापकोटाको स्वागत र सचिव कुमार पौडेललको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *