यस्तो रह्यो, राष्ट्रिय जनसाँस्कृतिक मन्च दगातुन्डाडाको तीजगीत प्रतियोगिता (तस्बीर)

दिनेश शर्मा, बागलुङ (खर्वाङ) २०७५ भदौ ३१ । राष्ट्रिय जनसास्कृतिक मन्च दगातुन्डाडा बागलुङको आयोजनामा शनिवार भएको खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएकोछ । कलाकार भुमिका गिरी र स्थानिय कलाकारहरुको दमदार प्रस्तुती रहेको कार्यक्रममा
दर्शकहरुको अथाह उपस्थिती रहेको थियो ।

प्रस्तिस्पर्धामा वसन्त युवा परिवार रिघा,श्री जनजागृती मा बि काडेबास, भिमगिठे मा बि भिमगिठे,सिसाखानी आमा समूह सिसाखानी,राश्टृय जनसास्कृतिक मन्च खर्बाङ,भानुमाबी ग्वालिचौर, मेलमिलाप आमासमुह बयरखोर, ताराखसे युवाक्लब मालारानी गुल्मी,नेपाल मगर सङ्घ अरेवा गुल्मी गरि ९ टिम को सहभागिता रहेको थियो ।

निर्णायक मा बिष्णु भुसालको सम्योजकत्वमा बिना थापा र निलम कुमार शर्मा रहेका थिए भने कार्यक्रमको सन्चालन कमल पौडेल र देउमाया रानाले गरेका थिए ।

कार्यक्रमको अध्यक्ष्यता मन्चका अध्यक्ष बिष्णु अर्याल, प्रमुख अतिथी गण्डकी प्रदेशका प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा ‘सागर’, अतिथीहरुमा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुसाल ,बडिगाड गाउपालिका अध्यक्ष मेहरसिँह पाइजा, मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्मा, नेकपाका नेता राजिब घिमिरे, महिला नेत्री बिना थापा लगाएतको आतिथ्यता रहेको थियो ।

सो प्रतियोगितामा भिङगिठे मावि भिङ्गिठे प्रथम भएर रु १२ हजार ५ सय, भानु मावि ग्वालिचौर व्दितिय भएर रु ८ हजार ५ सय र जनजागृति मावि काँडेवास तृतीय भएर रु ४ हजार ५ सय पुरस्कार प्राप्त गरेका थिए ।

सहकर्मी कमल पौडेलका अनुसार उत्कृष्ट गायनमा सिसाखानी आमा समुह र उत्कृट नृत्यमा ताराखसे युवाक्लब मालारानी मुसिकोट नगरपालिका गुल्मी पुरस्कृत भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *