कवाडी व्यवसायीलाई अपहरण गर्नेे समुहलाई कार्बाही गर्न माग

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ३० । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईले गए राति हटियामा बस्दै आएका भारतीय नागरिक माथी भएको निर्घात कुटपिट प्रति प्रहरी प्रसाशन र स्थानिय निकायको ध्यानाकर्षण गराएको छ ।

आज बसेको ईकाईको आकस्मिक बैठकले गल्कोट नगरपालिका हटिया लोकतन्त्र चोकमा कवाडी ब्यवसाय सञ्चालन गर्दै आएका भारतका रामबाबु कुमारमाथी आफनै ब्यवसाय सञ्चालन गरेकै स्थानमा सुती रहेको अवस्थामा आपराधिक सुमहले अपहरण गरि रिघाको जंगलमा लगि मरणासन्त हुने गरि निर्घात कुटपिट गरेको प्रति गल्कोटको प्रहरी प्रशासन र स्थानिय निकायलाई सम्बन्धित ब्यक्तिको खोजी गरि तुरुन्त कार्वाहिको माग गर्दै ध्यानाकर्षण गराएको ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

ईकाइद्धारा प्रकाशित बिज्ञप्तिमा उद्योग बाणिज्य संद्य गलकोट ईकाइ र गलकोटका सम्पुर्ण ब्यवसायिहरुले घटनाप्रति दुख ब्यक्त गर्दै घटना घटेको लामो समय बित्दा समेत प्रहरी प्रशानिबाट अपराधी पक्राउ गर्न नसकेको भन्दै ध्यानाकर्षण गराएको छ । बिज्ञप्तिमा जघन्य प्रकृतिका घटनामा प्रहरी प्रशासनले तत्तपरता देखाउन नसक्दा समाजमा आपराधिक घटनाले प्रसय पाउन सक्ने हुदाँ यथाशिघ्र अभियुत्तहरुलाई प्रक्राउ गरि हदै सम्मको कार्वाहि गर्न आग्रह गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *