बडीगाड खोलाको पानी ओभरफ्लो भएर बगेपनि तालको पानी नघट्दा …(तस्वीर)

बिमल खड्का, बागलुङ (तुरतुरे) २०७५ भदौ ३० । शुक्रबार मध्यराति एक्कासी पहिरो खसेर बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा ठुलो भ-याङको डाँडाबाट खसेको भीषण पहिरोले तुरतुरेमा बडीगाड खोला थुनिएर बनेको विशाल तालको पानी विहानी पख ओभर फ्लो भएर बग्न थालेपछी प्रभावित स्थानीयवासीहरुमा सुरक्षाको प्रत्याभूति भएपनि तालमा रहेको पानीको सतह अहिले ५ बजेसम्म नघटेकोले स्थानीयहरु अझै सशंकित भने देखिएका छन् ।

भीषण पहिरोले थुनिएर बडीगाड खोलामा बनेको बिशाल जलाशयको पल्लो किनारबाट तालको पानी बग्न थालेपछी प्रभावितहरु अब बाँचियो भन्ने मानसिकतामा रहेपनि तालमा पानीको सतह नघटेपछी केहि सशंकित देखिएका छन् ।

तालमा पानीको सतह नघटेपनि बडीगाड खोलाको पानी छेउकिनार बाट जमीन खोलेर ओभरफ्लो भएर बगिरहेकोले तालमा पानीको सतह बढेको अवस्था छैन, त्यसैले डराईहाल्नु पर्ने स्थिती नरहेपनि प्रत्यक्षदर्शीहरु भने पानीको सतह कमगर्न अरु बैकल्पिक उपायहरु छिटै अपनाउनु पर्ने बताई रहेका छन् ।

यसैवीच ढोरपाटन नगरपालिकका नगरप्रमुख देवकुमार नेपालीले तालमा परेका दुई परिवारको घर आफ्नै खर्चमा टिनको छानाले छाएको निर्माण गर्दिने बताएका छन् । उनले भोलि विहान नेपाली सेनाको टोली आएर विष्फोटन गरी तालको पानी खोल्ने पनि ईबागलुङलाई जानकारी दिए ।

यहाँ प्रस्तुत तस्वीरहरु केहि समय अघी ५ बजे खिचिएको हो ।

यो लिंक पढौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *