बडीगाड – ५ मसारामा पीकअप जीप दुर्घटना, ४ जना घाईते

दिनेश शर्मा बडीगाड खर्वाङ २०७५ भदौ ३० । बडीगाड गाउपालिकाको खर्वाङ देखी खौलार आउँदै गरेको लु २ च २८९३को बलेरो पीकअप जीप बडीगाड ५ मसारामा मध्यपहाडी लोकमार्गदेखी करीब १५० मिटर तल खोलामा खस्दा जीपका चालक सुदीत बिक बाहेक बडीगाड ५ का वर्ष २३ का प्रकाश घिमिर ऐ बस्ने वर्ष १७की जोनी थापा र भारत मोतिहारी घर भएका बलिराम गुप्ता तीन जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको बडीगाड पोलिक्लिनिकले जानकारी दिएको छ । वडीगाड ६ की १६ वषीर्य हिमाली फुल्जेलको पोलिक्लिनिकमा उपचार भैरहेको छ ।

चालक सुदिप बिक प्रहरी नियन्त्रणमा रहेको प्रहरिचौकी खारका प्रमुख लालमणी भट्टराई ले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *