दुई वर्ष पछी दशैँ उत्सवको आयव्यय सार्वजनिक : १२ वर्ष बित्यो, घुम्टे महोत्सवको हरहिसाब खोई ?

घनश्याम गौतम, गल्कोट २०७५ भदौ ३० । गल्कोट क्षेत्रमा विभिन्न संघसंस्थाहरुले आयोजना गरिएका महोत्सवहरुको आयव्यय विवरण सार्वजनिक नगर्ने परिपाटी रहेको अवस्थामा शनिवार बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईको ५ औ साधारण सभाको अवसरमा दुई वर्ष पहिले ईकाइले आयोजना गरेको गल्कोट दर्शै उत्सवको हरहिसाव सार्वजनिक गरेको छ ।

केहि दिन पहिले ईकाईले आउदो दशैमा कृषि, पर्यटक, औधोगिक ब्यापार मेला तथा गल्कोट महोत्सव २०७५ आयोजनागर्ने चर्चा बाहिर आएसँगै गल्कोटबासीबीच दुई वर्ष पहिले आयोजना गरेको दशैँ उत्सवको आयव्यय सार्वजनिक नगरी अर्को महोत्सव गर्ने भन्ने तीखो टीका टिप्पणी चले पछी शुक्रवार गत महोत्सवको आयव्यय सार्वजनिक गरिएको श्रोतले बतायो ।

स्केप्स हरिचौरको आयोजनामा २०६३ मा सम्पन्न पहिलो गल्कोट घुम्टे महोत्सवको हरहिसाव १२ वर्ष बित्दा पनि सार्वजनिक नगरिएको विषयलाई लिएर स्थानीयवासीले अबिलम्ब आयव्यय सार्वजनिक गर्न माग गरेका छन् । उद्योग वाणिज्य ईकाईले दुई वर्ष पछी हिसाव सार्वजनिक गरेपछी घुम्टे महोत्सवका सन्चालकहरुमाथी आयव्यय सार्वजनिक गर्न दबाब बढेको श्रोतको दाबी छ ।

साधारण सभामा बोल्दै गल्कोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरजङ भण्डारीले गल्कोट उद्योग बाणिज्य संघको रुपमा स्वायत्तता लिन ईकाईले प्रक्रिया अगाडि बढाउनुपर्ने बताउदै ढिलै भएपनि आवब्यय सार्वजनिक गर्नु सकरात्म रहेको बताए । उनले उद्योगीको समस्या समाधान गर्न स्थानिय सरकारसँग समन्वय गनुपर्ने सल्लाह पनि दिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिलिप श्रेष्ठले १८ लाख २ हजार ५० आम्दानी र १७ लाख ४७ हजार ८ सय ४३ खर्च सार्वजनिक गरेका थिए । उत्सवमा ५४ हजार बचत गर्न सफल भएको जानकारी गराईएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष वीरेन्द्र श्रेष्ठले अवधारणा पत्र, सहसचिव श्यामसुन्दर श्रेष्ठले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गल्कोट बहुमुखी क्यापसका ब्यवस्थापन समिती अध्यक्ष मुकुन्द भण्डारी, महिला जागरण केन्द्र हटियाका अध्यक्ष मञ्जु शर्मा चालिसे, गल्कोट नगरपालिकाका प्रतिनिधि चिन्तामणि शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा उद्योगी, ब्यवसायीले संस्थाले आगामि दिनमा गनुपर्ने कामको बिषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा आगामि कात्तिक ९ गतेदेखि १८ गतेसम्म संस्थाले आयोजना गरेको कृषि, पर्यटक, औधोगिक ब्यापार मेला तथा गल्कोट महोत्सव २०७५ आयोजना गरिने तथा महोत्सवमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिता, गल्कोट डान्स च्याम्पियन, कृषि मेला प्रदर्शनी, शैक्षिक सामाग्री तथा बाल मेला, रत्यौली तथा दोहोरीगीत लगायतका प्रतियोगिता आयोजना गरिएको जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बागलुङ उद्योग बाणिज्य संघ सँग सहकार्य गर्दा गल्कोट ईंकाइले आफनो मौलिकता उजागर गर्न नसकेको, गल्कोट ईकाइ हटियाको मात्रै बनाईएको भन्दै समग्र गल्कोटले अपनत्व लिने गरि कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमको स्वागत मन्तब्य र सहसचिव श्यामसुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *