नेपाल माबि तारामा बालदिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ भदौ ३० । बाल दिवसको अवसरमा ताराखोला गाउपालिका वडान ४ को आर्थिक सहयोग नेपाल माविको आयोजनामा वडा भित्रका ३ विद्यालय सहभागी भै विभिन्न रचनात्मक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै वडा ४ अध्यक्ष जितबहादुर खत्रीले विद्यार्थी निरन्तर अतिरिक्त क्रियाकलाप सहभागी भै व्यावहारिक ज्ञानमा अगाडि बढ्दै जानु पर्ने बताएका थिए ।

सो कार्यक्रममा कविता बाचन,नृत्य, बक्तृत्वकला, सटफुट छात्र छात्रा, हिसाव दौड, टिका लगाई, बेलुन फाईट,पैसा तिपाई लगायतका विभिन्न कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक अभिभावकसंघका अध्यक्ष धनबहादुर खत्रीको अध्यक्षता शिक्षक नविन भट्टराईको स्वागत रामलाल सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *