सुतिरहेका कवाडी व्यवसायीलाई अपहरण गरी जंगलमा लगेर निर्घात कुटपीट गर्ने चारजना पक्राउ

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ३० । गल्कोट चरौदीका युवाहरुले एक जना भारतीय युवकलाई सामुहिक रुपमा कुटपिट गरेका छन । शुक्रबार राति करिब ९ बजेर ४५ मिनेटको समयमा काठेखोला गाउपालिकाको बिहँुमा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी भएर गल्कोट फर्कदै गरेका गल्कोट नगरपालिका वडा नम्बर ६ का एक दर्जन युवाहरुले भारतको मोतिहारी घर भई हाल गल्कोटको हटियामा बस्दै आएका राम बाबु कुमारलाई निर्घात कुटपिट गरेका हुन । कट्टु मात्र लगाएर श्रीमती सँगै सुतिरहेका कुमारलाई एक्कासी वसन्त दाई हुम भनि ढोका खोल्न लगाई मुख रुमालले छोपिदिएर पिकअप गाडीमा राखी गल्कोट नगरपालिका वडा नम्बर ११ रिघाको जंगलमा लगि निर्घात कुटपिट गरि फालिदिएको पीडितको भनाई छ ।

२ ओटा पिकअप गाडीमा आएको टोलीले कुमारलाई अपहरणको शैलीमा लगेर निर्घात कुटपिट गरेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मन बहादुर बिकले बताए । अपहरण गरेलगतै हटिया आसपासमा रहेका भारतका उनी सँगै काम गर्ने ब्यक्तिहरुले अज्ञात समुहले जबरजस्ती कुमारलाई नियन्त्रणमा लिएको जानकारी गराए लगतै प्रहरी र स्थानियले खोज्दै गर्दा अपहरण परेको करिब २/३ घण्टापछि गल्कोट नगरपालिका वडा नम्बर ५ भैसेको मोटरेवल पुलमा तलदेखि पिकअप गाडी आयो, उक्त गाडीमा गल्कोट चरौदीका युवाहरु थिए । त्यसमध्ये एक जना पार्वती माद्यमिक बिद्यालयका शिक्षक जगेन्द् नेपाली गाडीबाट ओर्लिएर भाग्दै गर्दा प्रहरीले मोटरेबल पुल नजिकबाट प्रक्राउ गरेका थियो ।

त्यसपछि उक्त पिकअप गाडीमा सवार चरौदीकै तेजिन्द्र नेपाली, गोबिन्द नेपालीलाई हटियाको गणतन्त्र चोक वरपरबाट लुकिरहेको अवस्थामा प्रक्राउ गरिएको हटिया प्रहरी चौकिका प्रमुख टेक बहादुुर थाडाले जानकारी दिए ।

त्यस्तै ध १ ज ५५० नम्बरको पिकअप जिपका चालक चरौदीका प्रेम दमाईलाई भने हटियाको ब्रहमकुमारी ईश्वरीय बिश्वबिद्यालयबाट बोहोराफाँट जादै गर्दा प्रक्राउ गरिएको चौकीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई सोधपुछ गर्दै गर्दा आफुहरुले कुमारलाई रिघाको जंगलमा लगेर कुटपिट गरेको भन्ने जानकारी गराएपछि प्रहरी र स्थानियको टोली घटनास्थलमा पुगेको थियो । खोज्दै जादाँ करिब रातको २ बजे कुमार जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

कुमारले आफु सुतिरहेको अवस्थामा सन्त दाई हुम भनि ढोका खोल्न लगाएको र ढोका खोलिसकेपछि रुपक दाईले बोलाउनुभएको छ भनि जवजस्र्ती मुखका रुमाल बानी जंगलमा लगी सामुहिक रुपमा कुटपिट गरेको बताए ।

कुमारको सबैभन्दा बढी अनुहारमा चोट लागेको छ । शरीरका प्रत्येक अंग अंगमा निर्घात रुपमा हात र खुट्टाले पालैपाले कुटेको उनको भनाई छ । अपहरण गरि कुटपिट गर्ने १२ जनामध्ये ४ जना प्रक्राउ परे पनि अर्को पिकअप गाडी सँगै चरौदीकै रुपक पाण्डे, राजकुमार नेपाली र अन्य ब्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ ।

एउटा पिकअप गाडी समातिएपनि अर्को पिकअप गाडी र फरार ब्यक्तिहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । प्रक्राउ परेकालाई आजै जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । उनिहरुलाई प्रक्राउ गरे लगतै ईलाका प्रहरी कार्यालयमा राखिएको छ । यता पीडित कुमारको भने हटिया स्थित आरोग्य अस्पतालमा उपचार भैरहेको र अहिले उनको अवस्था सामान्य रहेको डाक्टर टंक चालिसेले ईबागलुङलाई बताए ।

सामुहिक रुपमा लामो समय सम्म कुटपिट गरेका कारण भित्र चोट देखिन सक्ने भन्दै सिटि स्क्यानका लागी पोखरा पठाईने चालिसेको भनाई छ ।

पीडित कुमारले पाच सात वर्ष देखी गल्कोट हटियामा कवाडी संकलन गरी बिक्री बितरण गर्दै आईरहेका छन । गल्कोट नगरपालिका क्षेत्रको कवाडी संकलन गर्ने ठेक्का पट्टालाई लिएर उनीमाथी निर्घात कुटपीट गरिएको हुनसक्ने स्थानीयको आशंका रहेको छ । प्रहरी घटनाका सम्वन्धमा छानविन गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *