कर्लिम आधारभुत बिद्यालय बिहुँको ४०औँ बार्षिकउत्वस एवं बाल दिवस भव्यताका साथ सम्पन्न !

भरत सापकोटा, बागलुङ २०७५ भदै ३० । कर्लिम आधारभुत बिद्यालय बिहुँको ४० औँ बार्षिकउत्वस समारोह एवं राष्ट्रिय बालदिवस भब्य रुपमा मनाईएको छ । । बागलुङङ जिल्लाको काठेखोला गाउंपालिका वडा ५ बिहुँकोट कर्लिममा अवस्थित कर्लिम आधार भुत बिद्धायालयले बालदिबस तथा बार्षिक उत्सव समरोह शुक्रवार सम्पन्न गरेको हो ।

उक्त संमारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं काठेखोला गाउंपालिका शिक्षा बिभागका प्रमुख हरि आचार्यले शैक्षिक गुणस्तर चौतर्फि रुपमा नै खस्किन थालेको भन्दै शिक्षा लाई गुणस्तरिय बनाउन भन्दा बिद्याथथी{ संख्यामा केन्द्रित भएको भन्दै बिद्धयालहरुमा भएका बिद्याथीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न तर्फ सबै लाग्नु पर्ने बेला आएको बताए ।

बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यपक गौरिशंकर सुवेदीले बिद्यालयको आम्दानि रु २४१४२०८रहेको र त्यस्मा रु ४३३४९खर्च भई जंम्मा रु २३७०८५९ लगानी गरिएको बताउदै बिद्यालयको भौतिक अवस्थालाई पनि जानकारी गराएका थिए।

सो कार्यक्रममा वडा ५ का वडा अध्यक्ष शिव कडेंल, श्रोत ब्यक्ति रमान्नद कडेंल लेखानी मा वि का ब्यबस्थापन अध्यक्ष सुर्य प्रसाद कडेंल ठाकुर कडेंल राधा शर्मा लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत शिक्षक गोबिन्द प्रसाद कडेंलले गरेका थिए ।

सो अवसरमा विद्धायालयले बालबालिकाको अधिकार यसको सरोकार बिॆषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कार्यक्रममा चार वटा बिद्धयालय का ८जना सहभागी रहेका थिए । कर्लिम आधारभुत विद्धायलयका संघर्ष सुवेदी प्रथम ग्राम विकाश आधारभुत बिद्याल दहपानीकी पुजा कडेंल, व्दितिय नवयुवक आधारभुत विद्यालयका कविता कडेंल तृतिय भएका छन् । त्यस्तै स्वर्गिय हजुर बुबा पसुपति कडेंलको सम्झनामा नाती भक्ति सापकोटाले सन्चालन गरेको संस्था पशुपतिका सहयेगिकाहातहरु नामक संस्थाले अति गरिब जेहेन्दार अपाङ्ग बिद्यार्थीहरु प्रत्येकलाई ३ हजारको दरले अपाङ्ग तथा गरिब गुणराज कडेंल गंगा बहादुर पुन तुलसी कडेंल शिसिर वि क लगाएतलाई उक्त रकम बितरण गरिएको थियो। साथै त्यहाँ स्थापित अक्षयकोषहरुबाट उत्कृष्ट गरिब तथा जेहनदार बिद्यार्थिहरि लाई पुरस्कार वितरण गरिएको थियो। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठाकुर कडेंलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सोहि विद्यालय शिक्षक लिलाधर कडेंलले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *