तम्घासमा होटल एभरग्रिनको स्तरोन्नति सहित स्थानान्तरण !

प्रेम सुनार, गुल्मी २०७३ फागुन २२ । केहि वर्ष अघि देखि तम्घासको क्याम्पस रोड लाईनमा सञ्चालनमा ल्याएको होटल एभरग्रिनलाई तेव्वर लगानी बृद्धि गर्दै तम्घासमा सुविधा सम्पन्न होटलमा स्तरोन्नति गरेको यसका सञ्चालक निरज मरासिनीले दावी गरेका छन् ।

स्तरोन्नति सहित सो होटललाई तम्घासको वसपार्क देखि माथी र माईकास्थान देखि तल महिला विकास कार्यालय अगाडी स्थानान्तरित समेत गरिएको छ ।

होटल एभरग्रिनमा एसी सहितको डिलक्स रुम , सेमिनार हल , किचन सहितको अट्याच रुम र प्रशस्त पार्किङ्ग सुविधा रहेको छ । होटल एभरग्रिनमा गाडीको समेत सुविधा रहेको छ ।

त्यस्तै लामो समय सम्म बस्ने पाहुना वा अरुले पकाएको नखाने धार्मिक व्यक्तिहरुले किचन सहितको अट्याच रुममा आफै पकाएर खाने वस्ने सुविधा पनि रहेको सन्चालक मरासिनीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *