तालको पानी ओभरफ्लो भएर बग्न थालेपछी …तटीय क्षेत्रका बासिन्दालाई केहि राहत (तस्बीर)

बागलुङ (तुरतुरे), २०७५ भदौ ३० । गए राति ११ बजेको समयमा तुरतुरेमा गएको भिषण पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी उज्यालोको किरण सँगै ओभरफ्लो भएर बग्न थालेको छ । तालमा पानीको सतह घट्दै छ । भरखर घटनास्थल पुगेका प्रजिअ बेद प्रसाद खरेल संग सम्पर्क गर्दा उनले तालको पानी बग्न थालेको बताए । यस खबरले तटीय क्षेत्रका बासिन्दालाई केहि राहत मिलेको छ । एक्कासी ताल फुटेर अनहोनी हुने खतरालाई कमगर्न थप प्रयासहरु गरिने प्रजिअ खरेलले ईबागलुङलाई बताए ।

ईबागलुङ सहकर्मीहरु बिमल खड्का, दिनेश शर्मा, झरना कँडेल, राजु आचार्य र दीपक पराजुलीले प्रेषित गरेका तस्वीरहरुबाटै पहिरो कति भयावह थियो र बडीगाड खोला थुनिएपछी त्यस तल रहेका तटीय क्षेत्रका बासिन्दाहरुमा कस्तो सन्त्रास फैलिएको होला सहजै अनुमान गर्न सकिन्छ ।

ढाेरपाटन-२ सिमलचाैर चुरा बहादुर कुमालकाे गाेठ सहित ३ गाेरु तालमा पुरिए, देविराम कुमालकाे दुईतले टिनकाे छानाे भएकाे घर गाेठ, कृष्ण बहादुर कुमालकाे घर गाेठ र राम बहादुर कुमाल गाेठ पुरियाे । स्थानीयले महत्त्वपूर्ण सामान भने निकालेका थिए ।

मध्यपहाडी लोकमार्गको ठुलो भ-याङ खण्डको सडक भदौ २३ गतेबाट विहान ७ बजे देखी साँझ ४ बजेसम्म यातायात ठप्प पारी स्तरोन्नति गर्ने कार्य भैरहेको अवस्थामा यो भीषण पहिरो खसेको हो ।

विगत वर्षहरुमा गल्कोट नगरपालिका ११ रिघाको मनेवामा पनि लोकमार्ग निर्माण गर्ने ठेकदारहरुले जथाभावी सडक नालीबाट गिट्टी, बालुवा, ढुंगाहरु उत्खनन गर्दा सुख्खा पहिरो गएर दरमखोला पूर्णरुपमा थुनिएर विशाल ताल बनेपछि स्थानीयवासी एवं गुल्मीको मुसिकोट वामीटक्सारबासीले ठुलो क्षती व्यहोर्नु परेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *