मदिरा सेवनगरी श्रीमतीको पछीपछी आएका श्रीमानको कटुसको बोटमा शव !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन २२ । बुर्तिबाङमा हिड्ने क्रममा बाटोबाट लडेर एक जनाएको ज्यान गएको छ । बुर्तिबाङको वडा नम्बर–६ पुर्कोटका ५० बर्षिय मनबहादुर बोहोराको बाटोबाट २३ मिटर तल खसेर कटुसको बोटमा अल्झिएको अबस्था शव भेटिएको प्रहरीले जनाएको छ ।

हिजो राति आफ्नो घर भन्दा झण्डै एक किलोमिटर माथि पर्ने छिमेकी गोपाल कुँवरको घरमा श्रीमती सँगै गएका बोहोरा राति अबेरसम्म खानपिन गरेर घर फर्किने क्रममा लडेका ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले जानकारी दिए ।

अबेरसम्म बसेर मदिरा समेत पिएका उनि राती २ बजे श्रीमतीसँगै फर्किने क्रममा श्रीमती अघि–अघि र उनि पछि–पछि भएको अबस्थामा छोडिएका र अँध्यारोमा गोरेटो बाटो छोडेर बुर्तिबाङ पुर्कोट सडक तिर लागेर अचानक लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

राति घर नपुगेका बोहोरालाई खोजी गर्ने क्रममा दिउसो लडकेको अबस्थामा सव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।

उनको शव पोष्टमार्टमको लागि बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्रिमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.