कृषि सड्क मर्मतका लागी पटक पटक माग गर्दापनि गनपाले वास्ता नगरेपछी …!
८१ दिन देखि अवरुद्ध गनपा-५ को कृषि सड्क एक व्यक्तिव्दारा आफ्नै खर्चमा मरम्मत पछी सुचारु !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ २९ । गल्कोट नगरपालिका वडा नम्बर ५ को शिवदर्शन कृषि सड्क मर्मत गरिएको छ ।

गत असार ११ गतेको बर्षातका कारण बिग्रिएर अवरुद्ध बनेको कृषि सड्क दानसिङडाडाँ चौरका स्थानिय जयबहादुर कार्कीको आर्थिक सहयोगमा मर्मत गरिएको हो ।

समितिले नगरपालिका र वडा कार्यालयमा कृषि सड्क मर्मतका लागी पटक पटक जानकारी गराउदा पनि मर्मत गर्नेतर्फ ध्यान नदिएको कृषि सड्क समितिका सचिव लाल बहादुर कार्कीले बताए । स्थानिय कार्कीले सडक मर्मतका लागी लागेको स्काभेटरको ११ घण्टाको रकम प्रदान गरेका छन् । स्थानियले मर्मतमा सहयोग गर्ने जयबहादुर कार्कीलाई धन्यबाद दिएका छन । करिब ८१ दिनसम्म सड्क अवरुद्ध हुदाँ स्थानियलाई आवतजावतमा समस्या परेको थियो । सड्क मर्मत सँगै आवतजावतमा सहजता भएको स्थानियको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *