नवजीवन केन्द्र कुँडुलेमा अर्गानिक तरकारी खेतीका लागि दुई टनेल निर्माण !

बागलुङ २०७५ भदौ २९ । बागलुङ नगरपालिका कुँडुले स्थित नवजीवन केन्द्रमा अर्गानिक तरकारी खेतीका लागि निर्माण गरिएको दुईटा टनेलको नगरप्रमुख जनक पौडेलले आज एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।

केन्द्रको करीव रु ५ लाखको लगानीमा निर्मित टनेल सुयोग एण्ड संगम प्रालि र बुकी कम्पनि प्रालि तथा जापानी स्वयंसेवक कोताका सोन समेतको प्राविधिक सहयोगमा टनेलहरुको निर्माण गरिएको नवजीवन केन्द्रका सचीन खड्काले जानकारी दिए ।

उद्घाटन कार्यक्रम केन्द्रका प्रबन्ध निर्देशक संजय खड्काको अध्यक्षतामा भएको थियो भने नगरप्रमुख पौडेल तथा उमप्रमुख सुरेन्द्र खडकाले टनेल प्रविधीबाट तरकारी खेती राम्रो उत्पादन हुने बताउदै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका २ र ४ का अध्याक्षहरु क्रमश जीवन आचार्य (कृषि) ध्रुबबहादुर केसी, जाईकाका बागलुङ प्रमुख मसदा सान, जापनको लेताक गोदोगाईसो प्रालिका मिङ्मा शेर्पा, माचुयाकाका प्रतिनिधी राजन भारी, बुकी कम्पनिका संगम राजभण्डारी , जापानी स्वयं सेवक कोताका सोन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन केन्द्रका राजेशमान श्रेष्ठले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *