राप्रपाका नवनिर्वाचित अध्यक्ष लगायत केन्द्रिय सदस्यलाई बधाई !

बागलुङ २०७३ फागुन २२ । राप्रपा बागलुङ जिल्ला कार्य समितिको आईतवार बसेको बैठकले पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापालाई बधाई ज्ञापन गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र खडकाको सभापतित्वमा बसेको सो बैठकले पार्टी सबै निर्वाचित सदस्य एवं मनोनित केन्द्रिय सदस्यहरुलाई पनि बधाई दिने निर्णय गरेको छ ।

आजको बैठकले हालै धौलागिरी बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ, राप्रविसं र जनशक्तिको लोकतान्त्रिक समुहबाट विजयी भएका राप्रविसंका हरिबहादुर भण्डारीलाई खादा र अबीर लगाई स्वागत गर्दै बधाई दिईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.