शिक्षा क्षेत्रको बिकासमा सबैले जोड् दिन सांसद छन्त्यालको आग्रह !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन २२ । जनता आधारभुत बिद्यालय दर्लिङ बल्घासको ५१ औँ बार्षिकोत्सव समारोहको उद्घाटन सांसद ज्ञानकुमारी छन्त्यालले गरेकी छिन् ।

सो अवसरमा सांसद छन्तयालले बिद्यालयको शैक्षिक र भौतिक क्षेत्रको गुणस्तर सुधार गर्दै लैजानु पर्ने बताउँदै आफुले समेत आगामि बजेटमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले २१ औँ शताब्दिमा शिक्षा क्षेत्रको बिकासमा सबैले जोड् दिन सके समाज रुपान्तरणमा सहजता हुने बताउँदै आफुले समेत शिक्षा क्षेत्रदेखि हरेक बिकास निर्माणमा क्षेत्र नँ ३ लाई जोड् दिईरहेको उल्लेख गरिन् ।

कार्यक्रममा नेपाली काँँग्रेस महाधिबेशन प्रतिनीधि कृष्ण बहादुर केसी, यमु पौवी, नेपाल महिला सँघ क्षेत्रिय अध्यक्ष लिल मायाँ पुन, नेपाली काँग्रेस बुर्तिबाङ ग्राम समिती सभापती सालीकराम शर्मा, चन्दादाता ईश्वर बहादुर केसी, समाजसेवी एवम जग्गादाता भरत बहादुर केसी बिद्यालयका पुर्व अध्यक्ष मान बहादुर केसी, भिमगिठे उमाविका शिक्षक प्रतिनीधि गण्डकी थापा अधिकारी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

ब्यबस्थापन समितीका अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षता रहेको कार्यक्रममा शिक्षिका गायत्री थापाको स्वागत बिद्यालयका प्रअ वीरेन्द्र प्रताप केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.