गुल्मेली अबिरलले साउदी अरबमा बनाए मसानघाट !

प्रेम सनार, गुल्मी २०७३ फागुन २२ । गुल्मीका एक जना सर्जक अविरल लक्ष्मण गुल्मेलीले सउदी अरवमा वसेरमसानघाट वोलको गीत बजारमा ल्याएका छन् । गुल्मीको धुर्कोटरजस्थल वडा नम्वर–३ घर भई हाल सउदी अरवमा कार्यरत सर्र्जक गुल्मेलीले बजारमा ल्याएको उक्त गीतमा स्वर दिएकी छिन् चर्चित गायिका पुर्णकला बि.सी. र गायक ओम बि.सी.ले । त्यस्तै शव्द सिर्जनालाई जिवन्त लय दिएका छन् गायक ओम बिसीले ।

सर्जक गुल्मेलीको शव्द सिर्जना र लगानीमा अव छिट्टै बजारमा आउन लागेको उक्त गीत सम्मान म्युजिक प्रा.लि.को व्यानरमा निर्माण भएको हो र प्रवन्ध निर्देशक रहेका छन्् सजिन लामिछाने ।

विशेष सहयोगीका रुपमा रहेका छन् गणेश सुनार र चित्रलाल डाँगी । सिर्जना थापाले सल्लाहकारको भुमिका निभाएकी छिन् । मार्केटिङ्गको जिम्मा पाएका छन गणेश भाट यसी, जगत विसी र सुरज पाण्डेले ।

वियोगान्त शव्द सिर्जना , लय र स्वरले श्रोतालाई भावनामा डुवाउन उक्त गीत सफल सफल हुने सर्जक तथा निर्माता अविरल लक्ष्मण गुल्मेलीले बताए । अहिले अडियो तयार भई सकेको र छायाङकनको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सर्जक गुल्मेलीले अव छिट्टै तिन वटा अरु गीतहरु बजारमा ल्याउँदै छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *