दश दिन देखी बेपत्ता १७ बर्षिया चिना कुँवर अपहरणमा परेको आशंकाले परिवारमा रुवाबासी !

दरखाने साँझ कतारको फोनबाट चीनाले आमालाई भनिन्-‘म जीवितै नेपालमै छु ।’

प्रेम सुनार, गुल्मी, २०७५ भदौं २९ । गुल्मीको पुर्कोटदमा साैन्दर्यकी खानी र सुशील स्वभावकी चेली भनेर चिनिने चिना कुँवर बुटवलबाट गत १० दिन देखि बेपत्ता भएकी छन । गुल्मीको मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदह न्वाँरकी १७ बर्षिया चिना पुर्कोटदह कै पृथ्वी उच्च माविबाट ११ कक्षाको परिक्षा दिएर कपिलवस्तु तर्फ लागेकी थिईन । कपिलबस्तुको गोरुसिङ्गे स्थित सुपादेउराली एग्रो फरेस्टी नामक संस्थामा दुई महिना जति बजार प्रतिनिधीका रुपमा काम गरेको उनकी आमा लक्ष्मी कुँवर बताउछिन । आमाका अनुसार अनमी पढ्न भन्दै चिनाले कतारमा रहेका पिता मिनबहादुर कुँवर संग १ लाख ५० हजार रुपैयाँ मगाईन । प्युठान घर भई बुटवलमा रहेका मामा महेश जिसी संग पनि ५० हजार रुपैयाँ भदौ २० गते बुझिन । दुई थान सिक्री र दुई वटा सुनका वाला पनि उनका साथमा थिए । त्यस दिन दिउँसो दुई बजे सम्म सम्कर्पमा थिईन । त्यस पछि सम्पर्क विहिन भईन ।

पुर्कोटदका समाज सेवी बसन्त गैरै भन्छन, त्यसको ६ दिन पछि दरखानेको साँझ उनले आमालाई सम्झेर ००९७४७४४५७१३४ नम्वरबाट फोन गरेकी थिईन । ९ सेकेन्ड मात्र कुरा गर्ने क्रमम आमा म जिवितै नेपाल मै छु भनेर फोन आफ भएको थियो । जुन कोड नम्वर कतारको हो भन्छन परिवारजन । उनका काका विमल कुँवरले भतिजीको खोज तलासका लागि बुटवलमा सञ्चारकर्मी संग आग्रह गर्नुका साथै ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा जाहेरी समेत दिएका छन । उनि आफै बेपत्ता हुनुको कारण परिवारजनले देखेका छैनन । कसैले अपहरण गरेको आशंकाले परिवारमा रुवाबासी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *