आफुले काम गर्ने होटलबाट नगद तथा सुन चोरेकाे अभियोगमा पक्राउ

मुस्ताङ,२०७५ भदौ २८ । आफुले काम गर्ने होटलबाट नगद तथा सुन र चाँदीका विभिन्न गहना चोरी गरेको अभियोगमा नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय आषिश खत्री र ओखलढुंगा मलङ गाउँपालिका–२ घर भएका २३ वर्षीय गेल्पु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मंगलबार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजारस्थित हिसी गुरुङको हिमालयन प्याराडाइज होटलको पुजा कोठामा रहेको नगद १ लाख १५ हजार रुपैयाँ ,१० तोला सुनको बाला, सुनको औँठी १ थान, काण्डिमाला १ थान, सुलेमाला २ थान, चाँदीको दिग्रा २ थान र मोती माला चोरी गरी भागेका थिए ।

घटनाको खबर ईलाका प्रहरी कार्यालय मुक्तिनाथमा बुधबार प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई घरपझोङ गाउँपालिका–४ काठेपुल भन्ने स्थानबाट झोलामा लुकाई राखेको चोरीका उक्त सामान सहित पक्राउ गरेको प्रहरीले जनााएकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *