एमालेको क्षेत्रीय अधिबेशन सम्पन्नः अध्यक्षमा उमेश बुढा सर्वसम्मत !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन २२ । बुर्तिवाङमा शनिबार देखि सुरु भएको नेकपा एमाले बागलुङ क्षेत्र नँ ३ को दोश्रो क्षेत्रिय अधिबशेन आज सम्पन्न भएको छ ।

अधिवेशनले उमशकुमार बुढामगरको अध्यक्षतामा ३९ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत चयन गरेको छ । समितिकोे उपाध्यक्षमा दिपक रायमाझी, सचिबमा बेद प्रसाद शर्मा, उपसचिबमा ढालेन्द्र पुन सहित अन्य पदादिकारी सर्वसम्मत रुपमा चयन भएका छन् ।

सदस्यमा गोविन्दप्रसाद उपाध्याय, हर्कबहादुर सिरपाली, लगबहादुर छन्त्याल, ज्ञानप्रसाद भुषाल, नरबहादुर शाही, बेगबहादुर कुँवर, डोरबहादुर सुनार, तालबहादुर छन्त्याल, घनश्याम चालिसे, दानबहादुर पुन, मानसिंह पाईजा, लालबहादुर केसी, दिनेश शर्मा, झबिन्द्र थापा कुमाल, कबिराज सुनार, शुशिला थापा, रोजमहमद मियाँ, विष्णु सापकोटा, रुपाकुमारी पौडेल, उषा घिमिरे, अनिता घर्ती र भिमबहादुर सुनार रहनुभएका छ । खुमनसिंह थापा, रमनबहादुर विक, याम श्रीस र दबबहादुर बिक अधिबेशनबाटै मनोनित गरिएको एमालेले जनाएको छ ।

शनिबार उद्घटन गरिएको एमालेको दोस्रो क्षेत्रीय अधिबेशनमा ११६ जना प्रतिनिधि सहभागी बन्दशत्रले सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.