तीजकाे संस्कृति, रीतिरीवाज र परम्परालाई प्रगतिशील रूपमा ढाल्न प्रमुख ढुङ्गानाकाे जाेड !

कमल राना, बागलुङ २०७५ भदौ २८ । हिन्दु महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अबसर पारि बुधबार बरेङ गाउँपालिका वडा.न.१ धुल्लुकास्काेटकाे लिंउवा मा.बि प्राङ्गणामा तीज कार्यक्रम सम्पन्न भएकाे छ

कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सम्बाेधन गर्दै पछिल्लो समयमा तीजकाे संस्कृति, रीतिरीवाज र परम्परामा बिकृति फैलिदै गएकाे भन्दै तीजकाे संस्कृतिलाई प्रगतिशील रूपमा अगाडि बढाउन जाेड दिदै गाउँ बिकास र सम्बृद्विकाे लागि रात दिन नभनि काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा बरेङ गाउँपालिकाका प्रमुख कृष्ण शर्मा, सामुदायिक रेडियो बिहानी एफएमका काेरिनेटर प्रकाश छन्त्याल जनवादी गायक थुमराज ढुङ्गाना लगायतका व्यक्तिहरूकाे कार्यक्रममा सहभागता रहेकाे थियाे ।

कार्यक्रममा तीज गीत नृत्य प्रतियोगिताकाे अायाेजना गरिएको थियाे जसमा ७ समुहले सहभागीता जनाएका थिए भने प्रथम धुल्लु लिंउवा मा.बि धुल्लुकास्काेट हुन सफल भएकाे थियाे । त्यस्तै सर्बाेदय मा.बि बरेङ दिद्विय, किटनी महिला समूह किटनी तृतिय र सानत्वना प्रगतिशील महिला समूह कडेनि धुल्लुकास्काेट हुन सफल भएकाे छ ।

धुल्लुकास्काेट लिंउवा घर भई हाल पाेखरा बसाेबास गर्ने लिंउवा बजार व्यवस्थापन समितिका पुर्व सदस्य भिम बहादुर थापालाई बिगतमा लिंउवा बजार ब्यवस्थापन समितिमा बसेर संस्थालाई अगाडि बढाउन अमुल्य याेगदान गरेकाे भन्दै कार्यक्रममा अबिर दाेशल्ला र प्रसांशपत्रले सम्मान गरिएको थियाे ।

कार्यक्रममा बिहानी एफएमका कार्यक्रम प्रस्ताेता तथा लाेक गायक दिपेन्द्र परियारले गीत प्रस्तुत गरि उपस्थिति सबैमा मनाेरन्जन प्रदान गरेका थिए ।

लिंउवा बजार ब्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद शर्माकाे अध्यक्षतामा अगाडि बढेकाे कार्यक्रममा स्वागत मन्तव्य व्यवस्थापन समितिका सदस्य डाेल राज शर्माकाे रहेकाे थियो भने सञ्चालन सचिब पदम पुनले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *