NYC को अतिरिक्त क्रियाकलाप अन्तरगत सदनात्मक भलिबल सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ भदाै २७ । बालबालिकाको चौतर्फी बिकासका लागि बिद्यालयमा पढाईका अलवा अतिरिक्त क्रियाकलाप हुने गर्दछन । यो प्राय बिद्यालयमा हुने पनि गर्दछ । ताराखोला गाउँपालिकाको एउटा क्लब जसले क्लबमा आबद्ध सदस्यहरुको चौतर्फी बिकास का लागि मासिक रुपमा अतिरिक्त क्रियाकलाप संचालन गर्ने गर्दछ ।

ताराखोला गाउँपालिका वडा न ४ मा स्थापित नवसृजना युवा क्लबले क्लबमा आबद्ध आजिवन तथा साधारण सद्स्यहरुलाई विभिन्न सदनमा बिभाजन गरि प्रत्येक बर्ष मासिक रुपमा कार्यक्रम सन्चालन गर्ने गरेको क्लब का अध्यक्ष पूर्ण भद्र निउरेले बताए ।

कलबमा आवद्ध सदस्यहरुको शारीरिक, मानसिक, बौद्धिक पक्षको बिकासका लागि विभिन्न प्रतियोगिता सङ्गै क्षमता अभिबृद्धी तालिम जस्ता कार्यक्रमहरु क्लबको बार्षिक क्यालेन्डर मै उल्लेख गरि मासिक रुपमा संचालन गर्दै आयको क्लबले जनाएको छ ।

यसै बिच भाद्र महिनाको मासिक कार्यक्रम अन्तर गत आज अन्तर सदनात्मक पुरुष भलिबल सम्पन्न भएको छ । ६ वटा सदनको सहभागीता रहेको प्रतियोगितामा टकेन्द्र घर्तीले नेतृत्व गरेको कर्णाली सदन प्रथम, देब घर्तीले नेतृत्व गरेको महाकाली सदन दित्तिय र मिसन घर्तीले नेतृत्व गरेको गण्डकी सदन तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक मन बहादुर घर्तीले जानकारी दिए ।

दिगो समाबेशी बिकास र मानबिय सेवामा पबित्र मन समाज रुपान्तरण संगै खेलकुद कला र सस्कृतिको संरक्षणका लागि युवा सङ्गठन भन्ने मुल नाराका साथ २०६० सालमा स्थापना भएको नवसृजना युवा क्लबले विभिन्न चेतनामूलक कार्यक्रम, मानवीय सेवाका कार्यहरु, सामाजिक सेवाका कार्य सङगै खेलकुद कला र सस्कृती संरक्षण का लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *