जैमिनी नगरपालिका-२ बागलुङमा तीज बिशेष बिबिध कार्यक्रम सम्पन्न

प्रदिप बिश्वकर्मा गाैतम, बागलुङ कुस्मीसेरा २०७५ भदाै २७ । सुख दुख पोख्ने थलो समाज बिकास मा हातेमालो ” भन्ने मुल नारा सहित
स्थापना भएको सपनाको सन्सार (फेसबुक ग्रुपको) तथा नव उत्साह युवा क्लबको संयुक्त अायाेजनामा वर्ष भरि भाेग्नु परेका विभिन्न दुख कष्ट, पिर ब्यथा र खुसीका पलहरु वर्ष भरीका सम्पुर्ण पलहरु वर्षको एक पटक अाउने नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तीज अलि फरक फरक ढङ्गबाट मनाइ रहँदा त्यरलाइ राेक्दै सम्पुर्ण चेलीबेटीहरु एकै ठाउँमा जम्मा गराइ एक अापसमा सुख दु:ख साटासाट गराउन साे कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।

तीज बिशेष कार्यक्रम हरितालिका तिजकै दिन अाज बिबिध सास्कृतिक तथा खेलकुद कार्यक्रम भब्यताका साथ सम्पन भएकाे छ । सपनाकाे संन्सार फेसबुक ग्रुपकाे स्थापना वर्ष मनाउने क्रममा रिति थिति र धर्म संस्कृतिलाई निरन्तरता दिदै जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ अायाेजना भएकाे तीज गीत प्रतियोगितामा ६ टिम सहभागी भएकाेमा ८४ प्रतिशत हाँसिल गरि जुना सापकोटाकाे टिम प्रथम, ८२ प्रतिशत हाँसिल गरि सुरक्षा जिसी टिम द्वितीय र ७९ प्रतिशत हाँसिल गरि गुमा देवी सापकोटाकाे टिम तृतीय भएका छन ।

२६ जना सहभागी भएकाे चम्चा दैडमा सरिता नेपाली प्रथम, ५७ जना सहभागी भएको म्युजिक चियर प्रतियोगितामा लक्ष्मी रिजाल प्रथम , ८ जना सहभागी भएकाे हिसाब दैाड प्रतियोगितामा दरि थापा प्रथम भएका छन । जैमिनी नगरपालिका(२ दमेक बनहुँ स्थित सरस्वती आधारभुत विद्यालयकाे प्राङ्गडमा सम्पन्न भएकाे कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष बलिभद्र सापकोटा प्रमुख अथिती सुन्तलाचैर उच्च माबि का प्रध्यापक नन्दलाल सापकाेटा, बिशिस्ट अथिती समाजसेवी तथा बुद्दिजिबी अानन्द प्रसाद अम्माई ग्रुपका मेम्बर सराेज सापकोटा अथिति रहेकाे कार्यक्रममा स्वागत मन्तब्य क्लबकी सचिब जुना समपकाेटाले गरेकी थिइन भने कार्यक्रमकाे सञ्चालन क्लवका काेषााध्यक्ष गजेन्द्र सापकाेटाले गरेका थिए । कार्यक्रम सपनाकाे संन्सार फेसबुक ग्रुपकाे फेसबुक ग्रुपका एडमीन राजन रापकाेटा (लुरे दिप्ज) काे संयाेजक्ताेमा सम्पन्न भएकाे हाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *