गल्कोट नगरपालिकामा महिलाहरुले उत्साहपूर्वक मनाए तीज कार्यक्रम !

घनश्याम गाौतम, गल्कोट २०७५ भदौ २७ । गल्कोटका बिभिन्न्न स्थानमा नेपाली नारीहरुको महान पर्ब हरितालिका तीज बिशेष कार्यक्रम सम्पन्न भएका छन् । गल्कोट नगरपालिका भित्रका विभिन्न महिला संगठन, क्लब, समहहरुले आआफ्नै किसिमले तीजी कार्यक्रम सम्पन्न गरेका छन् ।

गल्कोट नगरपालिका बडा नम्बर ३ हटिया बजारमा महिला जागरण केन्द्रको आयोजना बजार एकता आमा समुह र मिलन आमा समुहको सहआयोजनामा सञ्चालन भऐका तीज बिशेष तथा तीजगीत तथा नृत्य प्रतियोगितामा नव श्रृजनशील आमा समुह प्रथम भएको छ ।

१० समुहको सहभागिता रहेको प्रतियोगितामा उपल्लो बजार आमा सुमु्ह व्दितिय मिलन आमा समुह तृतिय तथा शिव आत्मनिर्भर केन्द्र आमा समुह सान्त्वना भएको आयोजकले जनाएको छ । कार्यक्रमकी प्रमुख अतिथि गल्कोट नगरपालिका नगर कार्यपालिका सदस्य रत्नकली अधिकारीले महिलाहरुले आफ्नो समस्या राख्न नसकेको हुदाँ महिला हिंसाका घटना बढेको बताईन् । अधिकारीले महिला हिंसा, आफुमाथि भएका सबै प्रकारका दुब्र्यबहार सम्बन्धीत ठाउमा ढुक्क संग भन्नुपर्ने बताईन् । महिलाले आफ्ना समस्या सार्बजनिक नगर्दा हिसां गर्नेलाई प्रोत्साहन मिलेको उनको दाबी थियो ।

कार्यक्रममा बडा सदस्य तुलपिस परियार, ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालयकी लक्ष्मी दिदी, समाजसेबी, महिला जागरण केन्द्रका सदस्य तथा आमा समुहका सदस्यहरु बिष्णु राना, दिल कुमारी खत्री, कौशिला घर्ती, सरस्वती कार्की, शुक्ष्मा खत्री, मैया खत्री, बिजुली श्रेष्ठ, राधिका भण्डारी लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रम महिला जागरण केन्द्र हटियाकी अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता उपाध्यक्ष कमला गौतमको स्वागत तथा एकता आमा समुहकी सचिब लक्ष्मी खड्काको सञ्चालनमा सम्पनन भएको थियो ।

यसैवीच कालिलेख मजुवा महिला समुह गल्कोट ६ को आयोजनामा सम्पन्न तीज कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल बागलुङकी पुर्ब अध्यक्ष एवम् महिला अधिकारकर्मी भविकला रोकाले महिलाहरूमा एकता हुनुपर्ने बताएकी छन् । उनले महिलाहरूको एकताले नै परिवर्तन सम्भव भएको बताउदै पछिल्लो समय तीजलाई पहिचानको रूपमा भन्दा बढी भड्किलो शैलीमा मनाउने प्रबृत्तिलाई अन्त्य गनुर््पर्नेमा जोड दिईन ।

कार्यक्रममा सम्पुर्ण राजनैनिक दलको तर्फबाट नेकपाका प्रतिनिधी तिलक उप्रेती, गल्कोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्री, गल्कोट समाज गल्कोटका अध्यक्ष हर्क पाण्डे, शिव माध्यमिक विद्यालय काडेवास श्रोतकेन्दका श्रोतव्यक्ती दिनेश पन्त, ज्वाला युवा क्लवका अध्यक्ष रामप्रसाद कडेल सम्पुर्ण महिला समुहको प्रतिनिधत्व गर्दै मञ्जु श्रीस लगायतले व्यक्त गरेकी थिईन् । कार्यक्रममा वडा नं ६ का सम्पूर्ण आमा समुहहरूले तीज गीत तथा नृत्य सँगै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रम समुहका अध्यक्ष गंगा बुढाथोकीको अध्यक्षता सदस्य गंगा गौतमको स्वागत मन्तव्य र सरिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकर्मी चन्द्रमणि न्यौपानेका अनुसार चमुवा पनि महिलाहरुले तीजी गीतको तालमा नाँचेर तीजी कार्यक्रमलाई उत्साहवर्धकरुपमा मनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *