स्वयम् सेवी समुहद्धारा आगालागीमा घाईते बिकलाई ५ हजार सहयोग

घनश्याम गौतम गल्कोट २०७५ भदौ २७ । स्वयंसेवी समुह गल्कोट नगरपालिका बडा नम्बर ३ ले आगालागीमा घाईते दुर्गा बिकलाई सहयोग हस्तान्तरण गरको छ । गल्कोट ९ बाँसखोलाका स्थानिय बिन बहादुर विश्वकर्माको घरगोठमा सोमबार राति आगोलागी हुँदा विककी बुहारी दुर्गा विश्वकर्मा घाईते भएकी छन् । घाईते विकको ईमर्जेन्सी पोलिक्लिनिक प्रालि हटियामा ल्याई उपचार भईरहेको छ । बिकको आर्थिक अबस्था कमजोर रहेकोहुदाँ परिबारले सहयोगको अपिल गरेको छ । आज घाईते बिकको स्वास्थ्य लाभका कामना गर्दै स्वयम्सेवी समुहले ईमर्जेन्सी पोलिक्लिनिकमा पुगेर स्वास्थ्य स्थितिकोबारेमा जानकारी लिदै सहयोग हस्तान्तरण गरेको हो ।

२०७३ सालमा स्थापन भएको उक्त समुहले उपचारमा सहयोग प्र्याउने उद्दश्यले नगद ५ हजार सहयोग प्रदान गरको हो । सहयोग हस्तान्तरणको अबसरमा बिरामीलाई फलफुल तथा जुस खुवाईएको थियो । कार्यक्रममा स्वयम् सेवी समुहका पदम श्रेष्ठ, खिम साहानी, बिष्णु राना, बिरबल श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रम समुहका सदस्य चिन्तामणी शर्माको सञ्चालन तथा समुहका सयोजक बिष्णु रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *