तीजको दिन भीरबाट लडेर बडीगाडमा एक बृद्धको मृत्यु !

दिनेश शर्मा, बागलुङ २०७५ भदौ २७ । बडीगाड गाउपलिका- ७ साविक भिङगिठे गाविस- ६ श्रीखर्कका ६२ वर्षिय लालसिँह बुढा आज बिहान साढे ६ बजेको समयमा सोही गाउपालिका-७ को ढाँडखोला खानीवन (रिनाम खोला वन) घाँस काट्न गएको बिहान ११ बजे सम्म घरमा नफर्किएपछी खोजी गर्दा भीरबाट लडेर मृत अवस्थामा भेट्टिएको परिवारजनले बताएका छन् ।

प्राय: घाँस काट्न गएको एक घण्टामा फर्किने बुढा आज विहान ढीलो सम्म नफर्किएपछी परिवारजन खोज्न गएको थिए । एक पाँजो घाँस मात्र काटेर भीरबाट करीब १ सय मिटर तल ढुंगामा ठोक्किएर उनको ज्यान गएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *