तीजको दरखाने दिन बन्चरो प्रहार गरी बुहारीको हत्या गर्ने महिला पक्राउ !

म्याग्दी, २०७५ भदौ २७ । महिलाहरुको महान पर्व तीजको दरखाने दिन म्याग्दी मालिका गाउँपालिकाकी एक महिलाले छिमेकी महिलालाई बन्चरो प्रहार गरी हत्या गरेकी छन् । मालिका गाउँपालिका-१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेललाई छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पटेलले मंगलबार घर नजिकै बाटोमा हिडीरहेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई टाउकोमा बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *