पन्जाबमा अखिल भारत नेपाली एकता मन्च द्वारा तीज विशेष कार्यक्रम हुँदै !

कुमबिर बिश्वकर्मा, पन्जाब २०७५ भदौ २७ । अखिल भारत नेपाली एकता मन्च तान्डा द्वारा आयोजित तीज विशेष कार्यक्रम आज भारतको तान्डामा राष्ट्रिय कलाकारहरु सङ्ग मनाइदै छ । हिन्दु नारीहरुको महान पर्बको अबसरमा आयोजित उक्त कार्यक्रम आज लालीबाबा पार्टी प्यालेसमा बिहान देखि सुरु हुने अध्यक्ष निम बहादुर बिश्वकर्माले बताए ।

कार्यक्रममा प्रमुख अथितीको रुपमा नेपाल देखि नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष प्रेम बहादुर घर्ती मगरलाइ निमन्त्रणा गरिएको छ । उनले तीज बिशेष कार्यक्रमको उद्घाटन गर्ने आयोजकले बताएको छ ।

कलाकारहरुहरुमा लोक तथा दोहोरि गायक भुपेश बुढा मगर, सन्चारकर्मी एबम नब गायिका मिनु बि.सी., लोक गायक सन्जय पाल्पाली लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । साथै कार्यक्रममा खानपिन कार्यक्रमका साथै सम्मान कार्यक्रम पनि रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *