नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा कुँवर निर्वाचित

कौरव खत्री, गुल्मी २०७५ भदौ २७ । नेपाल प्रेस युनियन गुल्मीको सातौ जिल्ला अधिवेशन सदरमुकाम तम्घासमा मंगलवार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले रेशम कुँवरको अध्यक्षमा ११ सदस्यीय नेपाल प्रेस युनियन जिल्ला कार्य समिति गुल्मीको पुर्न गठन गरिएको छ । समितिको उपाध्यक्षमा हेक त्यागी,सचिव रमेश विश्वकर्मा,कोषाध्यक्ष तेजेन्द्र कुमार श्रेष्ठ,सह–सचिव कमला पहराई,सदस्यहरुमा अनिश शर्मा गैरे,मनु सुनार,विवेक काफ्ले,चन्द्रकला राना,अनिशा भण्डारी लगायत रहेका छन् ।

साथै नेपाल प्रेस युनियनको केन्द्रीय प्रतिनिधिमा हरि कुमार श्रेष्ठ,जनार्दन घिमिरे,ताराप्रसाद भूषाल,कौरव खत्री,कालिदास खरेल र श्रृखला बौद्धाचार्य रहेका छन् ।

साथै अधिवेशनले प्रदेश प्रतिनिधिमा बिष्णुप्रसाद आचार्य,प्रकास घिमिरे,रमेश रसौली,मोहन बस्नेत, भुवन भूषाल, प्रकास केसी,सुमन महतरा,गंगा भण्डारी,कविता गैरे रहेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य माधव अर्याल,जिल्ला सचिव खिलध्वज पन्थी,नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भूषाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रेस युनियन गुल्मीका अध्यक्ष हरि कुमार श्रेष्ठको सभापतित्व एवं पत्रकार तारा प्रसाद भूषालको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार जर्नादन घिमिरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *