पौंदी सेभ सोसाईटीद्धारा सहयोग रकम हस्तान्तरण

कौरव खत्री, गुल्मी २०७५ भदौ २७ । पौंदी सेभ सोसाईटीद्धारा एक विरामी व्यक्तिको लागि आर्थिक सहयोग रकम हसतान्तरण गरेको छ । सोसाइटीले गत शनिवार पेटको आन्द्रामा क्यान्सर भई केहि समय देखि पिडित रहेका कपिलवस्तु जिल्ला वाँणगंगा नगरपालिका वडा नं.६ निवासी केशव पोखे्रललाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्य अनुरुपले नगद रु ८५हजार रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्त्रण कार्यमा वाणगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री शुकदेव थारुको प्रमुख आतिथ्यता रहेको थियो ।

पौदी सेभ सोसाइटीले जिल्लाको साविकको वडागाँउ गा.वि.स.दजाकोटको अग्नी पिडित वस्ती र वागलुङ जिल्ला साविक ग्वालीचौर गा.वि.स वालुवामा वाढी पिडितहरु राहत स्वरुप आर्थिक सहयोग गरेको थियो । साथै गुल्मी जिल्ला साविक पौँदी अमराई गा.वि.स. वडा नं. ४ निवासी दुर्घटनामा परि घाईते भएका कमल गिरीको लागि कमल गिरी बचाउ अभियान सञ्चाालन मार्फत राहत स्वरुप सहयोग रकम हस्तान्तरण गरेको थयो भने वागलुङ जिल्ला साविक ग्वालीचौर गा.वि.स. निवासी मृगौला पिडित तिल बहादुर जी.सीलाई सहयोग रकम हस्तान्तरण थियो ।

साथै संस्थाले गुल्मी जिल्ला साविक पौँदी अमराई गा.वि.स. वडा नं. ४ निवासी चुरा वहादुर नेपाली किरिया खर्चमा आर्थिक सहयोग गरेको थियो भने अर्घाखाँची जिल्ला मरेङ्ग गाँउपालिका बस्ने अविभावक विहीन बच्चाहरु वावुको मृत्यु भएको र आमाले छोडेर दोस्रो विवाह गरेको ७२ वर्षिय हजुर वुवाको संरक्षकत्वमा रहेका ३ जना नावालक बच्चाहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। साथै पौंदी सेभ सोसाईटीका युवा समाजसेवी भेष बहादुर थापाले कार्यक्रमको वारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा पौदीं सेभ सोसाईटीका सदस्य दान बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन युवा समाजसेवी असिम थापाले गरेका थिए ।

द्द ब्ततबअजmभलतक

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *