मौलिक तीज गीत तर्फको उत्कृष्ठ शव्दको उपाधी २०७५ पर्वतका सर्जक पन्तलाई !

निर्मल पौडेल, पर्वत २०७५ भदौ २६ । मौलिक तीज गीत तर्फको उत्कृष्ठ शव्दको उपाधी तथा अवार्ड २०७५ चर्चित लोक तथा दोहोरी गायक, मौलिक गीतका धरोहर कुशल सर्जक कस्तुप पन्तले हात पारेका छन् । पाँचौ छायाँछवी तीज म्युजिक अर्वाड २०७५ मा पन्तको तीजगीत कोशेली चेलीको आँसु पर्न सफल भएको हो ।

यहि साता राजधानी काठमाडौमा गरिएको छनोटमा पन्तले अवार्ड हात पारेका हुन् । पर्वतको फलेवास नगरपालिका ७ लिमीठानामा जन्मेका पन्तले यो सालको तीजमा चेलीको आँसु लगायत झम्रे छोरो र अन्य गीतहरु समेत वजारमा ल्याएका थिए । पन्त लगायत अग्रज तथा अनुज कलाकारहरुले हजारौँ तीज गीतहरु वजारमा ल्याए तर हजारौँ गीतहरुलाई पछि पार्दै पन्तको चेलीको आँसुले अवार्ड तथा सम्मान जितेको हो ।

विगत १५ वर्ष देखी नेपाली लोक तथा दोहोरी गीत संगीतमा ठुलो योगदान दिएका पन्तले दर्जनौँ उत्कृष्ठ कालजयी गीतहरुको सिर्जना गरेका छन् । करिव डेढ सय भन्दा वढि गीतहरुमा स्वर भरेका पन्त नेपाली गजल गीतको क्षेत्रमा पनि उत्तिकै छाउन थालेका छन् । पन्तका दर्जन भन्दा वढि गजल तथा आधुनिक गीतहरु समेत वजारमा आएका छन् । गीत संगीतलाई आफ्नो पेशा व्यवसाय वनाएर अगाडि वढिरहेका अहिलेका एकदमै व्यस्त गायक पन्तले सारथी म्युजिक प्रा.लि.नामक आफ्नै कम्पनी खोलेर करिव एक दशक देखी अगाडि वढिरहेका छन् ।

कसैको आँखामा नविझाउने दैख्दैमा चट्ट हँसिला फरासिला गायक पन्तले दर्जनौ गीतहरुमा अभिनय समेत आँफैले गरेका छन् । गीत संगीतमा पछिल्लो समय मौलाएको विकृतिप्रती दुख प्रकट गर्दै उनले वुझेर लाग्न समेत नव आगन्तुकहरुलाई आग्रह गरेका छन् । आफ्नो जीवन यहि गीत संगीत र सिर्जनामानै विताउने पन्तले उद्घोष गरेका छन् । पन्त पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *