प्रकाश माध्यमिक विद्यालय हुन्द्रफेदीमा सामाजिक परिक्षण भेला सम्पन्न !

खेमराज अर्याल, बुर्तिवाङ २०७५ भदौ २६ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ हुन्द्रफेदीमा रहेको प्रकाश माध्यमिक विद्यालयको समग्र पक्षको सोमबार सामाजिक परिक्षण गरिएको छ । विद्यालयका अभिभावक र सरोकारवालाको उपस्थितीमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक दुर्गा वहादुर थापाले सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सामाजिक परिक्षणका लागी गठित ७ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हो । प्रतिवेदन अनुसार विद्यालयको समग्र अवस्था सन्तोषजनक रहेको छ । सोही अवसरमा आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पनि पेश गरिएको थियो । प्रधानाध्यापक थापाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार विद्यालयको कुल आम्दानी ७९ लाख ६१ हजार ५ सय ८४ रुपैया १७ पैसा रहेको छ भने जम्मा खर्च ७० लाख १४ हजार २ सय १९ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै वचत ९ लाख ४७ हजार ३६४ रुपैयाँ ३४ पैसा रहेको बताइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोरख बहादुर राना प्रधानाध्यापक दुर्गा बहादुर थापा शिक्षक भिम बहादुर पुन शिक्षक खेमराज अर्याल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष खडक बहादुर अर्गेजाको अध्यक्षता शिक्षक मोहन विक्रम सापकोटाको स्वागत मन्तव्य र शिक्षक इश्वरी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *