बागलुङ, पर्वत र म्याग्दी जिल्ला हेर्ने गरी बागलुङमा स्वास्थ्य र आर्युवेदको कार्यालय स्थापना

नारायण रिजाल, बागलुङ २०७५ भदौ २६ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वामित्वमा रहने गरी बागलुङमा स्वास्थ्य कार्यालय र धौलागीरी अञ्चल आर्युवेद औषधालयको स्थापना गरिएको छ । गण्डकी प्रदेश अन्र्तगत बागलुङ, पर्वत र म्याग्दी जिल्ला हेर्ने गरी कार्यालयको स्थापना गरिएको हो । सोमबार एक औपचारीक कार्यक्रमका विच दुवै वटा कार्यालयको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले उदघाट्न गरेकी हुन ।

उदघाट्न कार्यक्रममा बोल्दै मन्त्री मगरले स्वास्थ्य क्षेत्रमा भएका कतिपय कुराहरुलाई व्यवस्थापन गरेर प्रदेश सरकार अगाडी बढने बताएकी छन । उनले मन्त्री परिषदको बैठकबाट गण्डकी प्रदेशमा पाँच वटा स्वास्थ्य कार्यालय तोकेर पठाएको हुनाले अहिले सोही अनुसार कार्यान्वयन गर्न लागिरहेको बताईन । गण्डकी प्रदेश भित्र ५ वटा कार्यालयलले प्राविधिक सहयोग समन्वयका लागी नपुग्ने भन्दै केन्द्र सरकार सँग ११ वटा जिल्लामा नै स्थापना गर्नुपर्ने भन्दै माग गरेको बताईन ।

यती बेला प्रदेश सरकारको स्वास्थ्य ऐन निर्माणको चरणमा रहेका छ, मन्त्री मगरले भनिन, ‘यस ऐन पुरा गर्नका लागी वेसी छलफल गरेर निर्णयको केन्द्र विन्दुमा पुग्ने छौं । ’उनले निति निर्माणको बेला भएका कारण अन्य गतिविधिमा प्रदेश सरकारले ध्यान दिन नसकेको स्विकार व्यक्त गरिन ।

मन्त्री मगरले कर्मचारीहरुको सहयोग विना मुलुक बदल्न नसकिने हुँदा जनप्रतिनिधिलाई कर्मचारीको सहयोग आवश्यक रहेको बताईन । उनले स्वास्थ्यका जनशक्ति हेरफेरका लागी प्रदेश सरकारलाई कुनै अधिकार नरहेको हुँदा काममा कठिनाई भएको बताईन । मन्त्री मगरले आर्युवेद औषधी उत्पादनका लागी स्थानिय सरकार सँग समन्वय गरी प्रदेश भित्र पकेट क्षेत्र बनाउने बताईन ।
११ जिल्लामा ५ वटा कार्यालय स्थापना
स्वास्थ्य कार्यालय बागलुङबाट म्याग्दी, पर्वत र बागलुङका आधारभुत सेवा बाहेकका अन्य सेवाका लागी प्राविधिक सहयोग गर्ने गरी कार्यालय स्थापना भएको बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए । ३ वटा जिल्लामा औषधी व्यवस्थापनमा सहजीकरण, विशेषज्ञ सेवामा व्यवस्थापन, खोप व्यवस्थापन, स्थानिय तहमा प्राविधिक सहयोग लगायतका काम तोकिएको तिवारीले बताए । कार्यालयमा बरिष्ठ जनस्वास्थ्य प्रशासक सहितको १४ जनाको दरबन्दी रहेको छ । गण्डकी प्रदेश अन्र्तगत बागलुङ,म्याग्दी र पर्वत हेर्न गरी बागलुङमा, स्याङजा, कास्की र तनहुँ हेर्न गरी कास्कीमा, लमजुङ, र मनाङ हेर्न गरी लमजुङमा गोरखा र नवलपरासी हेर्न गरी गोरखा र मुस्ताङमा गरी ५ वटा जिल्लामा कार्यालय स्थापना भएका छन । गण्डकी प्रदेशमा भदौ महिना भित्र नै कार्यालय स्थापना गरिने प्रदेश सरकारले जनाएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले कर्मचारी बागलुङमा स्थापना भएको कार्यालयले समग्र धौलागिरीको स्वास्थ्य क्षेत्रका लागी ठुलो टेवा पुग्ने बताएका थिए । बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको अध्यक्षता धौलागिरी अञ्चल आर्युवेद औषाधालयका प्रमुख हरि पौडेलको स्वागत र स्वास्थ्य कार्यालयका सुचना अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *