भबिष्यमा दक्ष र अशल नागरिक बन्नेगरी अध्ययन गर्न विद्यार्थीहरुलाइ उपप्रमुख काउचाको आग्रह !

चन्द्रमणी न्योपाने, गल्कोट २०७५ भदौ २६ । बालश्रमशोषण बन्द गरौं, बालमैत्री शिक्षाको बाताबरण सृजना गरौ भन्ने मुल नाराका साथ खरुवा माध्यमिक बिद्यालय गल्कोट नगरपालिका ४ मा गठित ज्ञानज्योति समाहित बालक्लब ५३ औ राष्ट्रिय बाल दिबसको पुर्बसन्ध्यामा वडाका बिद्यालय स्तरिय विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख रेणुका काउचाले अभिभाबकले आफ्ना बालबालिकाप्रती गरेको लगानी खेर नफाली मेहनती र इमान्दार भइ भबिस्यमा दक्ष र अशल नागरिक बन्नेगरी अध्ययन गर्न विद्यार्थीहरुलाइ आग्रह गरेकी थिईन् ।

त्यस्तै प्रमुख अतिथी वडा अध्यक्ष बलबहादुर खत्रीले बालबालिकाको अधिकार सुरक्षित गर्न बाल संरक्षण नितिको अभिभाबकले उल्लंघन नगरी पालना गर्नुपर्ने बताए । खत्रीले बालश्रमशोषण र भेदभाब नगरी असल नागरिक तयार गर्न अनुकुल पारिबारिक बाताबरण निर्माण गर्न अबिभाबक्लाइ आग्रह समेत गरे ।

कार्यक्रममा आयोजित प्रा बि स्तरिय हाजिरिजवाफ प्रतियोगितामा खरुवा माध्यमिक बिद्यालय प्रथम, गोल्डेन फ्युचर सेकेन्डरी बोर्डिङ स्कुल व्दितीय र चमुवा आधारभूत बिद्यालय तृतिय भएका छन । त्यस्तै बालगीत तथा नृत्य प्रतियोगिता तर्फ भुमे प्राथमिक बिद्यालय प्रथम, चमुवा आधारभूत बिद्यालय व्दितीय र खरुवा माध्यामिक बिद्यालय तृतिय भएका छन भने वडाएस्तरिय ट्र्याक डान्स प्रतियोगितातर्फ खरुवा माध्यमिक बिद्यालयकी दिप्ती मल्ल प्रथम, गोल्डेन फ्युचर सेकेन्डरी बोर्डिङ स्कुलकी समुद्र भन्डारी व्दितीय र चमुवा आधारभूत बिद्यालयकी नन्दकली सुनार तृतिय भएका छन । सोही अबसरमा उत्कृष्ट नृत्य प्रस्तुती अन्तर्गत भुमे प्राथमिक बिद्यालयकी बिना सुनारलाइ पुरस्कृत गरिएको थियो । कार्यक्रम ज्ञानज्योती समाहित बालक्लबका अध्यक्ष सितल सुबेदीको अध्यक्षता, सलिना शर्माको स्वागत र सचिब स्वस्तिका गैरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *