उपचार नपाउदा निसीखोला ४ की ३५ बर्षिया गर्भवती महिलाको मृत्यु !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ भदौ २५ । बागलुङ जिल्लाको निसीखोला गाँउपालिका वडा नँ ४ बोहोरागाँउमा एक गर्भवती महिलाको उपचार नमाएर ज्यान गएको छ । सोमबार बिहान करिब १० बजेतिर कोखो दुख्यो भनेर विरामी परेकी ३५ बर्षिया कोपिला रेग्मीको उपचारका लागी बाहोरागाँउ स्वास्थ्य चौकीमा ल्याउँदै गर्दा विच बाटोमै ज्यान गएको बोहोरागाँउ प्रहरी चौकी प्रमुख ऋणबहादुर बैदावारले जानकारी दिए ।

मोतिलाल रेग्मीकी ३५ बर्षिया श्रीमती कोपिला रेग्मीका १२ र ९ बर्षिया दुई छोरी छन् । तेश्रो सन्तान एक महिना पछी मिति भएपनि उपचारार्थ लैजादै गर्दा बाटोमानै बेहोस भएपछि परिवारका सदस्यले स्वास्थ्य सँस्थामा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *