मोटरसाईकल दुर्घटनाका सहयात्री प्रहरी नियन्त्रणमा !

बुर्तिवाङ २०७३ फागुन २२ । गत शुक्रवार मध्यपहाडी लोकमार्गको बुर्तिवाङ नजिकै फुर्से भीरबाट बडीगाड खोलामा खसेको मोटरसाइकलका अर्का सवार व्यक्ति शनिवार साँझ प्रहरी समक्ष उपस्थित भएका छन् ।

प्रहरीका अनुसार उनी सिन्धुली जिल्लाको लाघाधिर गाविस ३ का वर्ष २३ का धनबहादुर मगर हुन् । सडक अलि उकालो भएकोले आफु आलुको बोरा समाती बाईकबाट झरेको बेला उनी भीरबाट खसेको बताएको बुझिएको छ ।

घटनाको समय उनले दुर्घटनामा आफु भीरमा अड्किएर बाँचेको स्थानीय पूर्णबहादुर विकलाई बताएको समाचार प्रकाशमा आएको थियो । हाल धनबहादुर अनुसन्धानको सिलसिलामा प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *